एमाले दाङले लुम्विनी प्रदेशको राजधानीमा संविधान दिवस मनाउने

बाँके, २ असोज ।


नेकपा (एमाले) दाङले लुम्विनी प्रदेशको राजधानी दाङ देउखुरीमा संविधान दिवस मनाउने भएको छ । बुधवार ११ बजे दाङ देउखुरी उपत्यकास्थित राप्ती गाउँपालिकाको सभाहलमा संविधान दिवस मनाउन लागेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।
उनले नेपाली नागरिकको अधिकार लेखिएको दिनको सम्झनामा ३ असोजका दिन लुम्विनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा संविधान दिवस मनाउन लागेको बताए । संविधान दिवस मनाउन एमालेले सवै जिल्लालाई निर्देशन समेत दिएको छ ।
उनले संविधान दिवसको अवसरमा आयोजित कार्यत्रममा सहभागी हुन सवैलाई अपिल समेत गरेका छन् । ‘३ असोज सवैको भविष्य कोरिएको दिन हो । यो दिनको सम्झनामा दिप प्रज्ज्वलन गर्न र कार्यक्रममा सरिक हुन एमाले दाङ अपिल गर्दछ,’ उनले भने ।
यसैवीच संविधान दिवसका अवसरमा ३ असोजमा एमालेले काठमाडौँको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी खिच्ने कार्यक्रम गर्ने भएको छ । अध्यक्ष केपी ओलीले नागरिकका हक संविधानमा लेखिएका दिन ३ असोजमा ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’ नारासहित संविधान दिवस मनाउन आग्रह गरेका छन् । उनले नारायणचौरमा भेट गरी यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाउन अपिल गरेका छन् । कार्यक्रम विहान ७ बजे हुने भएको छ ।

Previous articleलुम्विनीका मुख्यमन्त्री चौधरीको संस्कृति मोह : अट्वारीमा आफैले पकाए रोटी, चेलीलाई दिए अग्रासन (फोटो फिचर)
Next articleसंविधान दिवसको अवसरमा टीकापुर घटनाका चार कैदी रिहा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here