एमाले निकट अनेरास्ववियुमा फर्किए एकीकृत समाजवादी निकट अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस अध्यक्ष शाही

बाँके, ३१ भाद्र ।


नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस कमिटीको अध्यक्ष केशरजंग शाही ठकुरी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा प्रवेश गरेका छन् । शाहीलाई एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुर्य ढकालले एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा प्रवेश गराएका हुन् ।
अनेरास्ववियुमा प्रवेश गर्दै शाहीले एकीकृत समाजवादीले देश र जनताको पक्षमा काम गर्न नसक्ने लागेपछि संगठन छाडेको बताए । उनले भने, ‘नयाँ भन्दा पुरानै संगठन अनेरास्ववियुमा बसेर काम गर्न मन लाग्यो । म अहिलेसम्म भ्रममा रहेछु । सवै बुझ्दै गएपछि अनेरास्ववियुमा फर्किए ।’
उनलाई एमाले निकट अनेरास्ववियु बाँके संयोजक प्रकाश विश्वकर्माले अनेरास्ववियु जिल्ला कमिटी बाँकेको सदस्य पदको जिम्मेवारी दिएको बताए । ‘तपाईलाई आजकै मितिदेखि अनेरास्ववियु बाँकेको जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरिएको छ,’ विश्वकर्माले फेसबुक पेजमा लेखेका छन् । शाहीलाई एमाले बाँकेका पूर्व अध्यक्ष निरक गुरुङ, एमाले बाँके जिल्ला कमिटी सदस्य मिन मल्ल, एमाले नेपालगन्ज उपमहानगर कमिटी सचिव मोहित शाह, सुमन घिमिरे लगायतले स्वागत गरेका थिए ।

Previous articleदाजुभाई र दिदिवहिनी वीचको सम्बन्ध बढाउने पर्व ‘अट्वारी’ आज मनाउँदै
Next articleबाँकेस्थित महेन्द्र राजमार्गमा बम विस्फोट : पूर्व–पश्चिम राजमार्गमा क्षति, एकतर्फी सडक संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here