लुम्बिनी प्रदेशले ल्यायो कर्मचारी ऐन, के के छ ब्यवस्था ?

दाङ, २२ भाद्र ।


लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती कर्मचारी ऐन ल्याएको छ । प्रदेश सभा मार्फत प्रदेश सरकारले ऐन ल्याएको हो । लुम्बिनी प्रदेश सभाले निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरेको छ । प्रदेश सभाको २५ औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो ।
बैठकमा सरकारको तर्फबाट मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए । सभामुख तुलाराम घर्तीले विधेयक पारित गरियोस भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो ।
विधेक पारित भएसंगै लुम्बिनी प्रदेशको आफ्नो छुटै कर्मचारी ऐन आएको छ । निजामती दिवसको अवसरमा कर्मचारीलाई उपहार ऐन दिएको मुख्यमन्त्री चौधरीले बताए ।
बिहीबार बसेको प्रदेश सभाको २४ औँ बैठकमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाकर पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेश गरेका थिए ।
प्रतिवेदनसहित तयार भएको विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवको पद संघीय निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको निमजाती कर्मचारी वा प्रदेश निजामती सेवाको तेह्रौं तहको वा सो सरहको रहने व्यवस्था छ ।
यस्तै, प्रमुख सचिवको पदावधि तीन वर्ष र सचिवको ५ वर्षको पदावधि रहने छ । कुनै पनि कर्मचारी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेमा हाजिर हुनुभन्दा अगाडि ट्रेड युनियनको सदस्य पदबाट राजीनामा दिनुपर्ने व्यवस्था विधेयकमा ब्यवस्था गरिएको छ ।

Previous articleनिर्धन समुह सदस्यको निःशुल्क स्वास्थ्य परीक्षण : १६ जनामा मोतिविन्दु समस्या
Next articleबाँकेमा बस दुर्घटना हुँदा ठाकुरबाबाका सातको मृत्यु, २९ घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here