जनकपुर पुगेको बुद्ध एयरको जहाज अवतरण हुन नसक्दा पुनः काठमाडौं फिर्ता

काठमाडौं, १३ भाद्र ।
काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकेपछि काठमाडौं ल्याएर अवतरण गरिएको छ । बुद्ध एयरको जहाज 9N-AJO मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको बुद्ध एयरले जानकारी दिएको छ ।
बुद्धले एयरले टुइट गर्दै भनेको छ, ‘काठमाडौंबाट जनकपुर 501, जहाज 9N-AJO मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ । सो जहाजलाई हाम्रो टेक्निकल टिमले चेकजाँच गरिहेका छन् । यसबाट यात्रुवर्गमा पर्नगएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’

Previous articleएमाले लुम्बिनी प्रदेश अधिवेशनका लागि एक हजार चार प्रतिनिधि चयन
Next articleसुन काण्ड : माओवादी उपाध्यक्ष कृण्ण महराका छोरा राहुल पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here