पौडी खेल्ने क्रममा डुवेर बाँकेमा दुई जनाको मृत्यू

बाँके, ९ भाद्र ।


खोला र पोखरीमा डुवेर बाँकेमा दुई यूवाको मृत्यू भएको छ । जानकी गाउँपालिका ४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनी नालामा डुबेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । साथीहरुसँग खोलामा नुहाउन गए बर्मा नालामा बेपत्ता भएका थिए । उनलाई साथीहरुले झण्डै १५ मिनेटपछि पानीबाट निकालेको प्रहरीले जनाएको छ ।
यस्तै पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका १ कौशिलानगरका १७ वर्षिय सुरेश सार्कीको डुवेर मृत्यू भएको छ । बैजनाथ गाउँपालिका ३ एलवी चोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुवेर मृत्यू भएको डिएसपी डाँगीले बताए । उनीसँगै पौडी खेल्न गएका अन्य दुई जना फरार भएको प्रहरीले जनाएको छ । दुवै घटनाको बारेमा थप अनुसन्धान भइरहेको डाँगीले बताए ।

Previous articleराष्ट्रियताको अपमान गरेको भन्दै लुम्बिनीका मुख्यमन्त्रीले गरे कार्यक्रम बहिष्कार
Next articleडुडुवामा ‘घर-घरमा स्वास्थ्य सेवा’ शुरु, घरमै स्वास्थ्य सेवा पुर्याउन के गरिदै छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here