शनिबारदेखि मौसममा सुधार

बाँके, ७ भाद्र ।


मनसुनी वर्षा अझै दुई दिन जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबारदेखि मौसममा सुधार आउने भएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज र भोली यस्तै झरी रहने बताउँदै उनले केही समय वर्षा रोकिए पनि घाम नलाग्ने जानकारी दिए । ‘शनिबारदेखि पश्चिम क्षेत्रबाट मौसम सुधार हुँदै जानेछ,’ मौसमविद् पौडेलले भने । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङहित भारी वर्षाको समेत सम्भावना छ ।
साथै रातिको समयमा कोसी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । शुक्रबार दिउँसो देशभर बदली रही कोसी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा शनिबार पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Previous articleएकीकृत समाजवादी सुर्खेत अध्यक्षसहित ६२ जना फर्किए एमालेमा
Next articleमाईला काजीको आत्म विश्वास ‘त्रिभुवन चौक बोल्छ’ श्रृखंला-१

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here