माईला काजीको आत्म विश्वास ‘त्रिभुवन चौक बोल्छ’ श्रृखंला-१

-वसन्त शर्मा


‘त्रिभुवन चौक बोल्छ’ भन्नेमा ‘माईला काजी’ को गर्विलो आत्म विश्वास बडो गज्जवको छ । ‘त्रिभुवन चौक बोल्छ’ संविधान र कानुनका धारा र उपधाराहरुमा त्रिभुवन चौक पक्का बोल्नेछ भन्ने विश्वास छ चाहे त्यो विद्युतिय कारोवार ऐन २०६३ को दफाका विषयमा होस त्रिभुवन चौक बोल्छ भन्ने कुरा ‘माईला काजी’ लाई विश्वास छ । ए हजुर मालिकको ज्यान लिएर मालिक बनेका ‘मालि’ हरु मधेस झरेको गाथाका विषयमा ढिलो चाँडो रहस्यको पर्दा खोल्न त्यो चौक बोल्नेछ एकदिन । जुन चौकमा रगतका आहाल थिए । मालि मालिक हुँदै माफिया भईसक्या विषयमा ‘माईला काजी’ प्रष्ट छन् ।
गद्दारले आफ्नै सन्तानको कसम समेत खएर गद्दारीको भारी जिन्दगीभरी बोकिरहन्छ, भने कसको के सिप लाग्ने !! नक्कली शैक्षिक प्रमाणपत्र–योग्यता नपुगी जागिर चैट हुँदा पनि समाजमा उ आँफुलाई क्रान्तिकारि भन्दै प्रतिष्ठित ठान्छ । ‘माईलाकाजी’ भन्छन सायद त्रिभुवनचौक एक दिन जोड्दार रुपमा बोल्नेछ र कैयौंको धोती न टोपी हुनेछ । स्थानीय तहमा भ्रष्ट्राचार गरेको छरपस्ट हुँदा पनि नैतीक रुपमा फूल माला सहित सार्वजनिक पदमा पदासिन किन हुँदो हो कोही !!
घरजम गर्न स्थानीय तहबाट रोई कराई भिख रकम माग्नेहरुलाई ’माईलाकाजी’को चस्माले जनताको रकम खाएको नदेख्या कहाँ हो र !! लाभको पदका लागी मरिहत्ते गर्नेले नैतीकता,विधान र सिद्धान्तको दुहाई दिईरहेको कुरोमा ‘माईलाकाजी’ले ’त्रिभुवन चौक’ बोल्नु पर्ने ठान्छन् । डिपोर्ट भएर रिपोर्ट लेख्न थाल्याहरुलाई ‘माईलाकाजी’ ले त चिनिसकेका छन् । स्थानीय तहमा बेरुजु सहितका फाईलका चाङ्गमा ‘माईलाकाजी’ को नजर पुगेछ अनि पो एकपछि अर्को हाउस स्वहा कसरी हुँदै गएछन् भन्ने थाह भएपछि ‘त्रिभुवन चोक’ बोल्यो ।
त्यति मात्रै कहाँ हो र पुरस्कार र पदका लागी दुई जिब्रो गर्नेहरुलाई ‘माईलाकाजी’ले ढिलो चिने पनि यो विषयमा एक दिन पक्कै ‘त्रिभुवन चौक बोल्छ’ । मालिक कै हत्या गराएर आँफु मालिक बनेकाहरुलाई पापबोध हुनेछ भन्ने ‘माईलाकाजी’ को बुझाईमा ‘त्रिभुवन चौक बोल्छ’ पक्का बोल्ने छ ।
‘माईलाकाजी’ को भरोषा नै ‘त्रिभुवन चौक बोल्छ’ भन्ने हो, एक न एक दिन पक्कै ‘त्रिभुवन चौक बोल्नेछ’ । अनि सामाजिक सञ्जालको ‘ट्राफिक जाम’ गरेर अवैध असुली गरिरहेकाहरुका विषयमा पनि ‘त्रिभुवन चौक बोल्नेछ’ भन्ने विश्वास छ ‘माईलाकाजी’ को । अरु कसैको लगानी अनि गफ अर्ग्यानिक खानेकुराको !! विवाह नगरि जन्ते बाख्रो खानेहरुलाई ‘माईला काजी’ गज्जवले चिन्दछन् । नेपालगन्जको यो सेरोफेरो क्रमशः………

Previous articleशनिबारदेखि मौसममा सुधार
Next articleप्रेरक प्रसंग : झुटो बोल्नुको परिणाम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here