नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा धामी निर्वाचित : महासचिवको पुन: मत गणना गर्न माग गर्दै तालावन्दी

बाँके, ४ भाद्र ।


नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका टंकबहादुर धामी निर्वाचित भएका छन् । उनले साझा प्रजातान्त्रिक समुहका ललितकुमार रौनियारलाई आठ सय ४७ मत अन्तरले पराजित गरि संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।
धामीले दुई हजार चार सय ५६ मत पाउँदा रौनियाले एक हजार पाँच सय ६६ मत प्राप्त गरेको निर्वाचिन अधिकृत माधव शर्माले जानकारी दिए । २ भाद्रमा भएको निर्वाचनमा एमाले–माओवादी केन्द्र र राप्रपाको समावेशी प्यानल र कांग्रेस–एकीकृत समाजवादीको साझा प्रजातान्त्रिक समुह चुनावी मैदानमा थिए ।
उपाध्यक्ष उद्योगतर्फ समावेशी प्यानलका चिरन्जीबी ओली आठ सय ७२ मत अन्तरले विजयी भएका छन् । उनले दुई हजार एक सय ५ मत पाउँदा उनका निकतम प्रतिद्वन्द्वी साझा समावेशी प्यानलका सफिक बेहनाले एक हजार दुई सय ३३ मत पाए । अर्का स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार जोशीले तीन सय १६ मतमा चित्त बुझाए ।
वाणिज्यतर्फको उपाध्यक्षमा पनि समावेशी प्यानलका हरिलाल न्यौपाने निर्वाचित भएका छन् । उनले एक हजार सात सय ७६ मत निकतम प्रतिद्वन्द्व साझा प्रजातान्त्रिक प्यानलका विष्णुप्रसाद श्रेष्ठले एक हजार चार सय ६७ मत पाएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।
उपाध्यक्ष महिलातर्फ पनि समावेशी प्यानलकी मन्दिरा पाण्डे निर्वाचित भएकी छन् । उनले एक हजार आठ सय ७७ र अर्का उम्मेदवार करिस्मा योगीले एक हजार चार सय ९४ मत पाइन् ।
महासचिवमा पनि समावेशी प्यानलका भीमबहादुर रानाभाट विजयी भएका छन् । समावेशी प्यानलका उनी एक हजार नौँ सय २६ मत पाएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी टंकप्रसाद शर्माले एक हजार नौँ सय २० मत पाए ।
उपमहासचिवमा साझा प्रजातान्त्रिक प्यानलका टेकबहादुर खड्का निर्वाचित भएका छन् । उनले निकतम प्रतिद्वन्द्वी मदनराज शर्मालाई पराजित गरेका हुन् । कोषाध्यक्षमा पनि साझा प्रजातान्त्रिक प्यानलका मख्खनबहादुर धामी निर्वाचित भएका छन् । उनले समावेशी प्यानलका सलाउद्दिन जसगढलाई पराजित गरेका हुन् ।
सदस्यतर्फ समावेशी प्यानलका सात र साझा प्रजातान्त्रिक समुहका तीन जना विजयी भएका छन् ।
१० जना सदस्यका लागि भएको प्रतिस्पर्धामा विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, शिवप्रसाद दाहाल, तोपबहादुर थापा, सुदन केसी, टिकामणी उपाध्याय, बुद्धिबहादुर विके, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भएका छन् ।
विजयी शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल नेपाली कांग्रेस–एकिकृत समाजवादी गठबन्धन साझा प्रजातान्त्रिक समुहका उम्मेदवार हुन् । विष्णु श्रेष्ठ, डम्वरबहादुर चन्द, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, टिकामणी उपाध्याय, बुद्धिबहादुर विके एमाले–माओवादी–राप्रपा गठबन्धनको समावेशी प्यानलका उम्मेदवार हुन् ।
संघको एशोसियट सदस्यमा कमल कार्की र प्रदीप गुप्ता विजयी भएका छन् । कार्कीले एक सय ११ मत तथा गुप्ताले ८८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनीहरुका प्रतिद्वन्द्वी पुरुषोत्तम अग्रवालले ५८ र संजय अग्रवालले ४२ मत पाए ।

मत गणनास्थलमा तालावन्दी
महासचिव पदको मत गणनामा चित्त नबुझेपछि साझा प्रजातान्त्रिक प्यानलले पुनः मत गणना गर्न माग गरेको छ । उसले मत गणनामा धाँधली भएको भन्दै पुनः गणनाको माग गरेको हो ।
निर्वाचन समितिले निर्वाचन परिणाम घोषणा गरेपछि साझा प्रजातान्त्रिक प्यानलले मत गणना स्थलमा तालावन्दी गरेको छ । तालावन्दी पछि निर्वाचन समितिका सम्पूर्ण सदस्य नेपालगन्ज रंगशालाको कवर्ड हलमा थुनिएका छन् ।

Previous articleनेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : समावेशीका सात र साझा प्रजातान्त्रिका तीन सदस्य विजयी
Next articleबन्धक बनाइएपछि महासचिवको मत पुन: गणना गर्ने निर्वाचन समितिको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here