नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : समावेशीका सात र साझा प्रजातान्त्रिका तीन सदस्य विजयी

इन्दिराकुमारी शाहीको फेसबुक पेजबाट साभार ।

बाँके, ३ भाद्र ।


नेपालगन्ज उद्योग वाणिज्य संघको शनिवार भएको निर्वाचन अन्तरगत सदस्यतर्फको मत गणना सकिएको छ । पछिल्लो सार्वजनिक मत परिणाम अनुसार, सदस्यतर्फ समावेशी प्यानलका सात र साझा प्रजातान्त्रिक समुहका तीन जना विजयी भएका छन् ।
१० जना सदस्यका लागि भएको प्रतिस्पर्धामा विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, शिवप्रसाद दाहाल, तोपबहादुर थापा, सुदन केसी, टिकामणी उपाध्याय, बुद्धिबहादुर विके, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भएका छन् ।
विजयी शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल नेपाली कांग्रेस–एकिकृत समाजवादी गठबन्धन साझा प्रजातान्त्रिक समुहका उम्मेदवार हुन् । विष्णु श्रेष्ठ, डम्वरबहादुर चन्द, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, टिकामणी उपाध्याय, बुद्धिबहादुर विके एमाले–माओवादी–राप्रपा गठबन्धनको समावेशी प्यानलका उम्मेदवार हुन् ।
सदस्यहरु तर्फको प्रतिस्पर्धामा विष्णु श्रेष्ठले सर्वाधिक एक हजार नौ सय ८० मत प्राप्त गरेका छन् । एक हजार आठ सय ८८ मत सहित डम्बरबहादुर चन्द दोस्रो, एक हजार आठ सय २० मतसहित इन्दिराकुमारी शाही तेस्रो, शिवप्रसाद एक हजार आठ सय ५ मत सहित चौथो, एक हजार सात सय २२ मतसहित तोमबहादुर पाँचौं स्थानमा छन् ।
यसैगरी एक हजार सात सय १ मतसहित सुदन केसी छैठौं, एक हजार छ सय ३ मतसहित टिकामणी सातौं, एक हजार पाँच सय ९६ मत प्राप्त गरि बुद्धिबहादुर आठौं, एक हजार पाँच सय ६५ मतका साथ युवराज ढकाल नवौं र दसौँमा रहेका सन्तोषकुमार पौडेलले एक हजार पाँच सय ३१ मत प्राप्त गरेका छन् ।

Previous articleभोली बाणिज्य संघको निर्वाचन : राजनीतिक दलद्वारा ह्विप जारी, तीन जना पार्टीबाट निष्काशित
Next articleनेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा धामी निर्वाचित : महासचिवको पुन: मत गणना गर्न माग गर्दै तालावन्दी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here