खजुरा बजार चार लेन सडक निर्माण : ठेक्का रद्द, नयाँ प्रक्रिया सुरु गर्ने तयारी

बाँके, ३२ साउन ।


नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तरगत खजुरा बजारमा निर्माणाधिन चार लेन (१८ सय मिटर) सडकको ठेक्का सम्झौता रद्द गरिएको छ । थप गरिएको समयमा समेत निर्माण सम्पन्न गर्न निर्माण कम्पनीले आनाकानी गरेपछि सडक डिभिजन कार्यालय नेपालगन्जले ठेक्का सम्झौता तोडेको हो ।
पटक–पटक म्याद थप गर्दा समेत निर्माण कम्पनीले निर्माण पूरा गर्ने संकेत नदेखिएपछि ठेक्का सम्झौता तोड्ने निर्णयमा पुगेको डिभिजन प्रमुख निरज शाक्यले बताए । ‘तीन पटक म्याद थप र त्यसपछि विभिन्न सुबिधा सहित काम गर्ने अवसर दिँदा समेत काम सम्पन्न गर्ने कुनै छाँट नदेखिएपछि सम्झौता तोड्ने निर्णयमा पुग्यौँ,’ उनले भने ।
खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाईको चारलेन सडक चैत, ०७७ चैतमा निर्माण सक्ने गरि गजुरमुखी कन्ट्रक्सनले चैत, ०७४ मा ठेक्का सम्झौता गरेको थियो । तर, तीन पटक म्याद थप भए पनि काम सन्तोषजनक रूपमा अघि बढ्न नसकेपछि ठेक्का सम्झौता तोडेको डिभिजन कार्यालयले जनाएको छ ।
निर्माण कम्पनीको लापरवाहीका कारण सडक निर्माणमा ढिलाई भएको भन्दै स्थानीयले विरोध प्रदर्शन, चक्काजाम, डेलिकेसन लगायत गरेका थिए । स्थानीयले निर्माण कम्पनीलाई कालो सूचीमा राख्न माग समेत गर्दै आएका थिए ।
खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिकले गाउँपालिकाको पहलमा सडक डिभिजन कार्यालयले तोड्ने निर्णय गरेको बताए । उनले लापरवाही गर्ने निर्माण कम्पनीलाई कालो सूचीमा राख्न माग गरेका छन् । ‘काम नगर्ने निर्माण कम्पनीलाई कालो सूचीमा राखन ढिलाई गर्न हुन्न,’ उनले भने ।
डिभिजन प्रमुख शाक्यले पनि अव ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरिने बताए । ‘सम्झौता तोडिएकाले ठेकेदारले राज्यलाई पु¥याएको क्षतिको यकिन गरि असुल गरिने छ । र, बाँकी प्रक्रिया अगाडि बढाइने छ,’ उनले भने ।

Previous articleमहाआरतीमा मुख्यमन्त्री चौधरी : विभेद गरेको भन्दै मन्दिर ब्यवस्थापन समितिको आलोचना
Next articleतिलक ढकाल डब्लुडब्लुएनको अध्यक्षमा निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here