महिला उद्यमी संघ बाँकेको अध्यक्षमा सावित्रा बस्नेत

बाँके, २५ साउन ।


महिला उद्यमी संघ बाँकेको अध्यक्षमा सावित्रा बस्नेत चयन भएकी छन् । विहीवार भएको अधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।
अधिवेशनले प्रथम उपाध्यक्षमा रेवती सिंह र द्वितिय उपाध्यक्षमा आभा गौतम र तृतिय उपाध्यक्षमा सुनिता पाण्डे चयन भएका छन् । त्यसैगरी, महासचिवमा सरिता शाक्य, सचिवमा नितु चन्द र कोषाध्यक्षमा विन्दु चर्तिमगर चयन गरेको महासचिव सरिता शाक्यले जानकारी दिइन् ।
अधिवेशनले सुशिला शाह, शोभा श्रेष्ठ, शशी स्वाँर, निरु चौधरी, कुसुम दुग्गड, सुनिता सुवेदी, सुष्मा ज्ञवाली, सुष्मा सुवेदी पोख्रेल, रोजी बोस र नाजिया अलिलाई सदस्यमा चयन गरेको छ ।
अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

Previous articleप्यारालाइसिस भई नेपालगन्जमा उपचाररत चुल्ह्या चौधरीलाई अस्पतालमै ह्विल चियर प्रदान
Next articleतीन दिन अत्यधिक वर्षाको आकलन, बाढीपहिरोको जोखिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here