बाँके, १७ साउन ।
प्रखर परोपकार मिसनको अध्यक्षमा महेन्द्र मल्ल निर्वाचित भएका छन् । अस्पतालको मंगलवार सम्पन्न अधिवेशनले मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुदिप पौडेल, उपाध्यक्षमा शेरबहादुर बिसी, महासचिवमा विवेक लामिछाने, सचिवमा लेखनाथ सापकोटा, कोषाध्यक्षमा तारामणि अधिकारी र सह–कोषाध्यक्षमा जिवनाथ सापकोटा चयन भएका छन् ।
सर्वसम्मत नेतृत्व चयन भएकोमा निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले हार्दिक धन्यवाद दिएका छन् । उनले १८ वर्षसम्म लगातार नेतृत्व गरेर सर्वसम्मत नेतृत्व चयन गरि हस्तान्तरण गर्दा अत्यन्त खुसी लागेको उनले बताएका छन् ।
नवनिर्वाचित अध्यक्ष मल्लले अस्पतालको बृहत्तर विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।
खजुरास्थित सुशील कोइराला परोपकार क्यान्सर अस्पताल स्थापनाका लागि प्रखर परोपकार मिसनले धार्मिक कार्यक्रम गरि संकलन गरेको थियो । उक्त अस्पतालले अहिले क्यान्सरसँग सम्बन्धित रोगको उपचार गर्दै आएको छ ।
