सर्पको टोकाइबाट दाङमा एकको मृत्यु

दाङ, ६ साउन ।


सर्पको टोकाईबाट दाङमा एक जनाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–३ बस्तीखोलाका करिब ५० वर्षीय दलबहादुर घर्तीको सर्पको टोकाईबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । का अनुसार हो ।
शुक्रबार घरको ढोकाबाट बाहिर निस्किने क्रममा सर्पले टोक्दा गम्भीर घाइते भएका घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।
घर्ती घरमा एक्लै बस्दै आएका थिए । उनका छोराबुहारी रोजगारको सिलशिलामा देश बाहिर छन् ।

Previous articleलुम्विनी प्रदेशकी उत्कृष्ट महिला उद्यमी निरुलाई महिलाले गरे सम्मान
Next articleगृहमन्त्री नारायणकाजीले लिए प्रेस चौतारी अध्यक्ष बस्नेत विरुद्धको उजुरी फिर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here