गृहमन्त्री नारायणकाजीले लिए प्रेस चौतारी अध्यक्ष बस्नेत विरुद्धको उजुरी फिर्ता

काठमाडौँ, ६ साउन ।


गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्धको उजुरी फिर्ता लिएको छ । शनिबार बस्नेतसहित प्रेस सेन्टरका पदाधिकारी र मन्त्री श्रेष्ठबीच सहमति भएसँगै उजुरी फिर्ता भएको हो ।
‘भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जाहेर गरेर भ्रमको खण्डन गर्ने र गलत सूचनाबाट पोस्ट भएकाले गल्ती महसुस गर्ने गरी सहमति भयो’, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलले भने ।
बस्नेतले बुधबार साँझ उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमा लेखेका थिए । यसपछि बस्नेतविरुद्ध गृहमन्त्री श्रेष्ठको सचिवालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको थियो ।

बस्नेतले समाजिक सञ्जालमा पोस्ट गर्दा मन्त्री श्रेष्ठको प्रतिष्ठामा असर परेकोमा दुःख व्यक्त गरेका थिए ।

Previous articleसर्पको टोकाइबाट दाङमा एकको मृत्यु
Next articleरचना श्रेष्ठ एफएनसिसिआईको महिला उद्यमी विकास समिति सदस्यमा मनोनित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here