प्रेरक प्रसंग : जत्रो खतरा, त्यत्रै सफलता

सन् २००४ ताका मार्क जुकरबर्ग एक सामान्य विद्यार्थी थिए । उनी अमेरिकाको प्रसिद्ध हार्वर्ड युनिभर्सिटीमा पढ्दै थिए । हार्वर्ड बसाइकै क्रममा उनले एउटा हार्वर्ड कनेक्ट वेबसाइटबारे थाहा पाए । यो वेबसाइट क्यामरोन र टाइलर विंकलवस नामका दुई दाजुभाइले बनाएका थिए । यो वेबसाइट देखेपछि जुकरबर्गको मनमा यस्तै केही गर्न सके हुन्थ्यो भन्ने लाग्यो । धेरै सोचेपछि उनको मनमा फेसबुक बनाउने विचार फु¥यो ।
फेसबुक त बनाउने, तर कसरी ? कोसित मिलेर वा कसको सहयोगमा बनाउने ? उनी बडो असमञ्जसमा परे । त्यतिखेर उनीसित दुइटा बाटा थिए । एउटा निकै सजिलो थियो । उनले तिनै विंकलवस दाजुभाइसित मिलेर बडो आरामसित बसी–बसी फेसबुक बनाउन सक्थे । विंकलवस दाजुभाइले पनि उनको विचार पक्कै मन पराउने थिए । र, उनीहरू जुकरबर्गसित मिलेर काम गर्न पनि तयार हुने थिए सायद । यसबाट जुकरबर्गले निकै कम समयमा फेसबुक बनाउन सक्ने थिए ।
तर, जुकरबर्गले यस्तो केही गरेनन् र यो सजिलो बाटो हिँड्ने विचार त्यागिदिए । उनले त फेसबुक बनाउने कठिन बाटोको यात्रा रोजे । उनले यस योजनामा एक्लै काम गर्ने विचार गरे । किनकि, उनलाई राम्ररी थाहा थियो कि सजिलो बाटोबाट काम गर्दा विंकलवस दाजुभाइसित निकै धेरै समस्या उत्पन्न हुनेछन् र आफ्नो योजनाअनुसार काम अघि बढ्न, सम्पन्न हुन र त्यसबाट मुनाफा आर्जन गर्न निकै कठिन हुनेछ । साँच्चै जुकरबर्गले दोस्रो कठिन बाटो हिँड्न छाडेर पहिलो सरल बाटो रोजेका थिए भने आज उनी यो स्थानमा हुने थिएनन् । आज, उनीसित फेसबुककै कारण १०३ बिलियन डलरभन्दा बढी सम्पत्ति छ । -नयाँ पत्रिकाको अनलाइन संस्करणबाट साभार ।

Previous articleदाङका थारु बुह्रान बसाईसराई (छारा) गर्न किन बाध्य भए ? के बसाईसराई गर्न बाध्य पारिएकै हो त ? (संस्मरण)
Next articleबाँकेमा ट्राफिक प्रहरीको सक्रियता : एक वर्षमा साढे दुई करोड राजस्व संकलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here