नेपालगन्ज कोरा साइक्लिङमा सात वर्षिय अभिनव चौधरीको सहभागिता

बाँके, ३० असार ।


नेपालगन्जमा आयोजित कोरा साइक्लिङ च्यालेन्जमा ६५ जनाले सहभागिता जनाएका छन् । पाचौँ संस्करणको कोरा साइक्लिङ च्याालेन्जमा सात वर्षिय अभिनव चौधरीसहित ६५ जनाले सहभागिता जनाएको आयोजक नेपालगन्ज साइक्लिङ क्लवका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।
बिहान साढे ६ बजे नेपालगन्जको बौद्ध गुम्बाबाट सुरु भएको कार्यक्रमको भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले गरेका थिए । साइकल यात्रीले नेपालगन्जको बौद्ध गुम्बा, जामे मस्जिद, बागेश्वरी मन्दिर, हनुमानगढी मन्दिर, गुरुद्वारा, ज्योतिचर्च, त्रीशक्ती मन्दिर हुँदै चौलिक्का, ढोडे गाउँ, शिवपुरा इन्डो–नेपाल बोर्डर हुँदै जोगागाउँ मन्दिर भएर ३० किलोमिटर दूरी पार गरी पुनः नेपालगन्ज फर्किएको अध्यक्ष निरौलाले बताए ।
त्यसैगरि अर्को टोली बर्दियाका केहि स्थल परिक्रमा गरि नेपालगन्ज फर्किएको बताउँदै उनले अर्को समुह अगैया हुँदै नेपालगन्ज फर्किएको क्लबका सचिव प्रदीप सापकोटाले जानकारी दिए ।
कार्यक्रमका लागि कुनै पनि सरकारी तथा गैर सरकारी संस्था तथा व्यावसायिक प्रतिष्ठानसँग आर्थिक सहयोग नलिएको अध्यक्ष निरौलाले बताए ।

Previous article‘थारु गाउँ’ चिनाउने भित्ते चित्र (फोटो फिचर)
Next articleजंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here