बाँके, २९ असार ।
नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक परेको छ । उनका बुवा डम्बर सुवेदीको शुक्रवार दिउँसो सवा १२ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
शिक्षक सेवाबाट सेवा निबृत्त सुवेदी लामोदेखि एमालेको राजनीतिमा सक्रिय थिए । उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्या झेल्दै आएका थिए । सुवेदीको भोली शनिवार विहान अगैयाघाटमा अन्त्यष्टि गरिने परिवारजनले जनाएका छन् ।