बाँकेमा एक हजार ९१ जनाले लिए बंशजको नेपाली नागरिकता

Source : Google

बाँके, २८ असार ।


बाँकेमा १३–२४ असारसम्म एक हजार ९१ जनाले बंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । जन्मसिद्धको आधारमा नागरिकता लिएका ब्यक्तिको छोराछोरीलाई बंशजको आधारमा नागरिकता दिने सरकारले विध्येयक ल्याएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले १० असारबाट नागरिकता वितरण सुरु गरेको हो ।
जन्मको आधारमा नागरिकता लिएका ब्यक्तिको छोराछोरीले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय कोहलपुर र इलाका प्रशासन कार्यालय नरैनापुरबाट बंशजको नागरिकता लिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए ।
सुरुवाति चरणमा नागरिकता लिनेको संख्या धेरै भए पनि पछिल्लो समय घट्दै गएको उनले बताए । १३ असारमा एक सय ११ जनाले बंशजको नागरिकता लिँदा १४ असारमा नागरिकता लिनेको संख्या एक सय २९ पुग्यो ।
त्यसैगरी, १८ असारमा एक सय ८ जनाले नागरिकता लिएकोमा २२ असारमा ३३ जनाले मात्र नागरिकता लिँदा २४ असारमा नागरिकता लिनेको संख्या ३८ रहेको थियो ।

Previous articleसीता दाहालको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो पेरिसडाँडामा
Next articleराप्ती नदि आसपासका किसानलाई सधैँ बाढीको चिन्ता : धान रोप्ने, नरोप्ने दोधारमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here