सीता दाहालको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो पेरिसडाँडामा

काठमाडौं, २७ असार ।


नेकपा माओवादी केन्द्रका सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । नर्भिक अस्पतालबाट उनको पार्थीव शरीर पेरिसडाँडा ल्याइएको हो ।
आज दिउँसो १ बजेसम्म दाहालको पार्थीव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने छ । अपराह्न २ बजे पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

Previous articleसर्वोच्च अदालतले दिएन मेयर बालेनलाई वारेस राख्ने अनुमति
Next articleबाँकेमा एक हजार ९१ जनाले लिए बंशजको नेपाली नागरिकता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here