भेरी अस्पतालको अध्यक्षमा वीरेन्द्र शाह नियुक्त

बाँके, २४ असार ।

भेरी अस्पताल विकास समितिको अध्यक्षमा वीरेन्द्रबहादुर नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषदको १७ असार, २०८ मा बसेको बैठकले शाहलाई भेरी अस्पतालको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
मन्त्रालयले उनलाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गरेको छ । भेरी अस्पतालको समग्र विकासका लागि प्रयास गर्ने नवनियुक्त शाहले बताए ।
उनले विरामीलाई प्रभावकारी सेवा दिन आफूले सक्दो प्रयास गर्ने बताउँदै रकम अभावका कारण उपचारबाट बञ्चित हुन नदिने प्रतिवद्धता जनाए । अध्यक्ष शाह नेपालगन्ज उपमहानगरपालिका १३ का निवर्तमान अध्यक्ष समेत हुन् । सोमवार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको उनले बताए ।

Previous article“अब तिम्लाई कहा छोडम्ला ”ले चर्चा बटुल्दै (भिडियो सहित)
Next articleसाउनमा लुम्विनी प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री चौधरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here