फलामको साङ्लोले बाँधेर बन्धक बनाइएका थारुको उद्दार

आफ्नै घरमा साङ्लोले बाँधेर राखेको अवस्थामा ओमप्रकाश थारु ।

बाँके, २१ असार ।


साङ्लोले बाँधेर राखिएका एक मनोरोगीको मानवसेवा आश्रमले उद्दार गरेको छ । साङ्लोले बाँधेर यातना दिएको खवर पाएपछि गुलरिया नगरपालिका ५, बर्दियाका २७ बर्षीय ओमप्रकाश थारुको उद्दार गरेको आश्रमका संयोजक उर्विन सापकोटाले जानकारी दिए ।
विगत ५–६ वर्षदेखि मनोरोगबाट पीडित थारुलाई परिवारका सदस्यले फलामे साङ्लोले बाँधेर घरमै राखेका थिए । आर्थिक आभाव र अशिक्षाका कारण केहि महिनादेखि उनलाई घरमै फलामे साङ्लो बाधेर राखिएको परिवारका सदस्यलाई उदृध गर्दै सापकोटाले बताए ।
उनले स्थानीयले दिएको सूचनाको आधारमा उद्धारको लागि त्यहाँ पुगेको बताए । उनको मानसिक तथा शारिरिक अवस्थाको बारेमा केहि समय जानकारी लिएपछि उनलाई नेपालगन्ज ल्याइएको सापकोटाले बताए । ‘गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम, गुलरिया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मुमबहादुर मल्ल, स्थानीय समाजसेवी कल्पना नेपाल तथा हरिप्रसाद चौधरी र स्थानीयवासीको रोहवरमा ओमप्रकाशलाई मानवसेवा आश्रम, नेपालगन्ज ल्याइएको छ,’ उनले भने ।
मनोचिकित्सकको सल्लाह वमोजिम औषधि उपचार सुरु गरिएको उनले बताए । उनले आश्रमले सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकआश्रित मानवको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन तथा उनीहरुको दीगो व्यवस्थापनमा सहयोग गर्दै आएको आश्रमले जनाएको छ ।

उद्धारपछि नेपालगन्जस्थित मानवसेवा आश्रममा औषधि सेवन गर्दै ओमप्रकाश ।

‘राष्ट्रलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने अभिष्ट राखी मानवसेवा आश्रमले सडक मानवहरुको मानवोचित व्यवस्थापनका निम्ति बैशाख १, २०७९ देखि नेपालगन्जमा सेवा सञ्चालन गरिरहेको छ,’ सापकोटाले भने ।
हाल आश्रममा चार बालबालिका, पाँच महिला, ३६ पुरुष गरि ४५ जना बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडकआश्रित मानवहरु आश्रित रहेको उनले बताए ।

Previous articleएसईईमा कुन ग्रेड ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?
Next articleअभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here