दाङ, २० असार ।
दंगीशरण गाउँपालिकाले पशुपालक कृषकलाई घाँसको बेर्ना प्रदान गरेको छ । कृषि तथा पशु बिकासमा आधरित साना किसान तथा युवा उद्यमशीलता बिकास साझेदारी परियोजना अन्तर्गत गाउँपालिकाले पशुपालक कृषकलाई घाँसको बेर्ना प्रदान गरेको हो ।
दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग, हेफर इन्टरनेशनल नेपालको सहजीकरणमा नेपाल महिला सामुदायिक सेवा केन्द्रले वडा नं. ४ का ९१ जना कृषकलाई घाँसको बेर्ना प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । घाँस खेती गर्न इच्छुक कृषकको माग अनुसार घाँसको बेना प्रदान गरिएको सहजकर्ता रोशन चौधरीले जानकारी दिए ।

घाँसको बेर्नाले पशुपालनमा थोरै भए पनि टेवा पुग्ने दंगीशरण गाउँपालिका ४ बैबाङका नारायण गिरीले बताए । वनजंगल विनाश र चरिचरण अभावका कारण पशुलाई पर्याप्तमात्रामा घाँस खुवाउन नसकेको बताउँदै उनले यसले पशुपालनमा थप टेवा पुर्याउने बताए ।
