नरैनापुरका ७७ परिवार भूमिहिनले पाए जग्गाधनी पूर्जा

बाँके, १६ असार ।


नरैनापुर गाउँपालिकाका ७७ परिवार भूमिहिनले जग्गाधनी पूर्जा पाएका छन् । पहिलो चरणमा नरैनापुर गाउँपालिका ४ स्थित गाउँ ब्लकमा रहेका ७७ घर परिवार भूमिहिनलाई जग्गाधनी पूर्जा वितरण गरिएको नापी कार्यालय बाँकेका नापी अधिकृत मिरा न्यौपानेले जानकारी दिइन् ।
नरैनापुरका गाउँब्लकमा रहेका थप चार सय भूमिहिन परिवारलाई जगाधनी पूर्जा वितरण गर्ने योजना रहेको पालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । उनले पालिका भित्र रहेका सवै भूमिहिनलाई जग्गा वितरण गर्ने कार्यक्रम रहेको बताए ।
भूमिसुधार रन्जीता श्रेष्ठ चौधरीलले भूूमि भएर भूूमिविहीन बनिरहेका सवैलाई जग्गा प्रदान गर्ने सरकारको नीति रहेको बताइन् । उनले नापी हुन बाँकी गाउँ ब्लकको जगा नापी गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको जानकारी दिइन् ।
उनले नरैनापुरमा नापी र मालपोत कार्यालय राख्ने निर्णय भई सकेको बताउँदै साउन महिना भित्रै कार्यालय संचालनमा आउने जिकिर गरिन् । मन्त्री रन्जीताले नरैनापुरमा इलाका प्रशासन कार्यालय अविलम्ब संचालनका लागि मन्त्री परिषदको बैठकमा प्रस्ताव लैजाने प्रतिबद्धता जनाइन् ।
गाँउपालिका अध्यक्ष शाहले नरैनापुरमा इलाका प्रशासन, नापी, मालपोत र भन्सार कार्यालय संचालनका लागि पहल गरी दिन आग्रह गरे ।
जग्गाधनी पूर्जा वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, प्रदेश सभा सदस्य कृष्ण केसी, नरैनापुर १ का अध्यक्ष इसाक जोहाल, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, जिन्सी शाखा प्रमुख भरत महतो लगायतको सहभागिता रहेको थियो ।

Previous articleचट्याङ् लागेर मृत्यू भएकालाई एक–एक लाख रुपैयाँ दिने लुम्विनी सरकारको निर्णय
Next articleनेपालगन्जका ब्यापारीले लिन मान्दैनन् भारतीय रुपैयाँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here