चट्याङ् लागेर मृत्यू भएकालाई एक–एक लाख रुपैयाँ दिने लुम्विनी सरकारको निर्णय

बाँके, १६ असार ।


चट्याङ लागेर मृत्यू भएका दाङका दुई सहित तीन जनालाई लुम्विनी प्रदेश सरकारले राहत रकम दिने भएको छ । गत शनिवार दिउँसो वर्षातसँगै परेको चट्याङले दंगीशरण गाउँपालिका ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरी र दंगीशरण गाउँपालिका ६ का ३२ बर्षीय समिर केसीको मृत्यु भएको थियो ।
लुम्विनी प्रदेश मन्त्री परिषदको बैठकले चट्याङ्ग लागेर मृत्यू भएका दंगीशरण गाउँपालिकाका चौधरी र केसी सहित एक वर्षअघि गोली लागेर ज्यान गुमाएकी बर्दियाकी विद्यार्थी नविना थारुलाई प्रदेश सरकारको तर्फबाट जनही रु. एक÷एक लाख राहत रकम उपलब्ध गराउने निर्णय भएको लुम्बिनी प्रदेश सरकारले जानकारी दिएको छ ।

Previous articleथारु जातिको धान दिवस : ‘हरोट लेना’, कसरी लिइन्छ हरोट ?
Next articleनरैनापुरका ७७ परिवार भूमिहिनले पाए जग्गाधनी पूर्जा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here