देशभर फैलियो मनसुन, तीन दिन लगातार वर्षाको सम्भावना

बाँके, ८ असार ।


मनसुनी प्रणाली भित्रिएको नौ दिनपछि देशभर फैलिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यसअघि पूर्वी र मध्य नेपालमा केन्द्रित रहेको मनसुन पश्चिम नेपालसम्म फैलिएको जनाएको हो ।
पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायु निष्क्रिय बनेसँगै मनसुन फैलिएको हो । मौसमविद् सजिना शाक्यका अनुसार आजदेखि तीन दिन देशका धेरै स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ ।
यसमा पनि मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा ठूलो वर्षाको सम्भावना छ भने ती प्रदेशका एक–दुई स्थानमा धेरै ठूले वर्षाको सम्भावना पनि छ । थोरै स्थान भन्नाले त्यहाँको कुल भूभागको १० देखि २५ प्रतिशत क्षेत्रमा वर्षा हुनुलाई बुझाउँछ ।

Previous articleनेपालमा मंकिपक्स : भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाई तोकिए फोकल पर्सन
Next articleकोहलपुरको बजेट एक अर्व सात करोड : सामुदायिक विद्यालयको टिनको छाना विस्थापन, ‘म जिम्मेवार शिक्षक’ अभियान संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here