प्रचण्ड र मोदीले उद्घाटन गरेको नेपालगञ्ज–रुपइडिहा एकीकृत भन्सार जाँच चौँकी कस्तो छ ? हेर्नुस तस्वीरहरु

बाँके, २० जेठ, २०८० ।


नेपालगन्जस्थित एकीकृत जाँच पोष्ट (आइसीपी) विहीवारबाट संचालनमा आएको छ । भारत भ्रमणमा रहेका नेपालका मन्त्रीमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा विहीवार उद्घाटन गरेपछि आइसीपी संचालनमा आएको हो ।
८७ बिघा क्षेत्रफल ओगटेको आइसिपी निर्माणका लागि सरकारले ०६६÷६७ मै नौ करोड ३९ लाख रुपैयाँ मुआब्जा दिएर जमिन अधिग्रहण गरेको थियो । २६ फेब्रुअरी, ०२१ देखि निर्माणको काम सुरु भएको उक्त आइसीपी निर्माणमा भारत सरकारको एक अर्ब ४७ करोड भारतीय रुपैयाँ अर्थात् दुई अर्ब ३५ करोड नेपाली रुपैयाँ खर्च भएको छ ।


भारत सरकारले ९ जुन २०२२ मा निर्माण सक्ने गरी सम्झौता गरे पनि कोरोनाका कारण काम गर्न नसकेको भन्दै निर्माण कम्पनीले थप समय मागेको थियो । सन् २००५ मा दुई देशका अधिकारीले एमओयूमा हस्ताक्षर गरेपछि निर्माण सुरु भएको थियो ।
आइसीपी नेपालगन्ज र भारतको रूपइडियामा अवस्थित छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार नेपालतिर ८७ बिघामा फैलिएको आइसीपीमा पार्किङ, गोदाम, भन्सार भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैंक, भन्सार एजेन्ट, नापतौल, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतका लागि पूर्वाधार निर्माण भएका छन् ।

आइसीपी अन्तरगत भारततर्फको भूमी ।

दुई देशका प्रधानमन्त्रीले आइसीपी उद्घाटन गर्ने समयमा आइसीपी अन्तरगत दुवै देशतर्फ बेण्ड बाजाका साथ दुवै देशका मालबाहक गाडी ओहोर दोहोर गराइएको थियो । अव दुवै देशका मालबाहक गाडी आइसीपी भएर आउजाउ गर्ने नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत डिलुप्रसाद शर्माले बताए ।
यसअघि नेपाल–भारत सीमा नाका अन्तरगत वीरगन्ज, विराटनगर र भैरहवामा आइसीपी सञ्चालनमा आइसकेका छन् ।

आइसीपी अन्तरगत भारततर्फको भूमी ।

भारतबाट नेपाल भित्रिने मुख्य प्रवेशद्वार ।

नेपालतर्फको यात्रु शाखा ।

भारततर्फको आइसीपी भवन ।

नेपालतर्फको आइसीपी भवन ।

Previous articleसर्प दंशबाट कसरी जोगिने ? टोकी हाले के गर्न पर्छ, के गर्न हुँदैन ?
Next articleनेपालगन्जमा उखरमाउलो गर्मी : नेपालगन्ज र खजुराका विद्यालय बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here