उच्च अदालत बार नेपालगन्जको अध्यक्षमा शाहीको प्यानल विजयी

बाँके, २० जेठ, २०८० ।


उच्च अदालत बार एशोसियसन नेपालगन्जको अध्यक्षमा चित्रबहादुर शाही विजयी भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा अध्यक्षसहित प्यानल विजयी भएको प्रमुख निर्वाचन अधिकृत गणेशप्रसाद रेग्मीले जानकारी दिए ।
उनले एक सय ५४ मत पाउँदा उनका निकतम प्रतिद्वन्द्वी चित्रबहादुर केसीले २८ मत पाए । अर्का स्वतन्त्र उम्मेदवार भुवनकृष्ण श्रेष्ठले चार मत पाए ।
त्यसैगरी उपाध्यक्षमा तिर्थराज ज्ञवाली निर्वाचित भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी ओमप्रसाद मानन्धरले २५ मत पाए ।
सचिवमा पनि शाही प्यानलका गणेशप्रसाद शर्मा विजयी भएको निर्वाचन अधिकृत रेग्मीले बताए । शर्माका निकतम प्रतिद्वन्द्वी कुम्भराज मिश्रले ३१ मत पाएका छन् ।
निर्वाचन अधिकृत रेग्मीका अनुसार जयराम थारु, सतिषचन्द्र थारु, रिजवान अहमद मिर्जा, हिराबहादुर श्रेष्ठ, पूर्णप्रसाद ढकाल, हरिसचन्द्र सिजापति, वीरेन्द्रकुमार बस्नेत र जयराज जैसी निर्वाचित भएका छन् ।
निर्वाचनमा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी आवद्ध कानून ब्यवसायीले गठबन्धन गरेका थिए ।

Previous articleनेपालगन्जमा उखरमाउलो गर्मी : नेपालगन्ज र खजुराका विद्यालय बन्द
Next articleलुम्विनी प्रदेशको नीति तथा कार्यक्रम : विपन्नलाई घरदेखि ‘सेभ द कल्चर, सेल द कल्चर’ सम्मको योजना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here