राष्ट्रपति पौडेलले गरे रेशमलाल चौधरीसहित ४८२ जनाको कैद माफी

काठ्माडौँ, १४ जेठ ।


राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा डिल्लीबजार कारागारमा कैद सजाय भोगिरहेका रेशमलाल चौधरीसहित ४८२ जनाको कैद सजाय माफी गरेका छन् ।
आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको चुक्तान हुन बाँकी कैद सजाय राष्ट्रपतिले माफी गरेको जानकारी दिएका छन् ।
आइतबारमात्रै मन्त्रिरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।
मन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागू हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२ को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो ।
यस्तै मन्त्रिपरिषदकै सिफारिसमा टोपबहादुर बुढा समेत १९ जना व्यक्तिहरूलाई विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय पनि माफ गरेको भट्टराईले जानकारी दिएका छन् ।
गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिने ब्यवस्था छ ।

Previous articleहेण्डपम्पमा सोलार जडान गरि वन्यजन्तुका लागि पानी
Next articleरेशमलाल चौधरी आज जेलमुक्त हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here