नागरिक उन्मुक्ति पार्टीको नेपाल बन्द स्थगित

बाँके, ५ जेठ, २०८० ।


नागरिक उन्मुक्ति पार्टीले भोली ६–१० जेठसम्म आह्वान गरेको ‘नेपाल बन्द’ स्थगित गरेको छ । नागरिक उन्मुक्ति पार्टीका बरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले शुक्रवार विज्ञप्ति जारी गरि सरकारसँग भएको बार्ता र छलफल सकारात्मक भएकोले नेपाल बन्द कार्यक्रम हालका लागि स्थगित गरिएको जनाएका छन् । ‘सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ज्यूले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, फौजदारी विधेयक संसदमा पेस भइसकेको लगायत अन्य राजवन्दीको रिहाई कानून संसोधन गरि बाहिर निकाल्ने प्रतिवद्धता जनाएकोले हालका लागि नेपाल बन्द स्थगित गरिएको छ,’ पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Previous articleब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र विवाद : प्रतिवेदन सार्वजनिक गर्न माग
Next articleप्रशिद्ध शक्तिपीठ बर्फानी बाबा आश्रम क्षेत्रको आज सरसफाई गरिदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here