भत्केको पुल मुनी अनसनमा किन बसे सांसद गौतम ?

बाँके, ३१ बैशाख ।


सरकारसँग विभिन्न १५ बुँदे माग राखेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद सञ्जयकुमार गौतमले आमरण अनशन जारी राखेका छन् । माग पूरा गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउन पूर्वमन्त्रीसमेत रहेका गौतम शनिबारदेखि अनशन बसेका हुन् ।
जब्दीघाटको भत्किएको पुलमुनि अनशन बसेका उनले समस्त बर्दियाका जनताका तर्फबाट आफू अनशनमा बसेको जिकिर गरेका छन् । जब्दी घाटमा निर्माण भएको पुल बाढीले भत्काएको छ । ‘पुलका संरचना हटाएर तत्कालै नयाँ पुल बनाउनु पर्ने हाम्रो पहिलो माग हो,’ उनले भने ।
बर्दिया सदरमुकाम जोखिममा रहेकोले तत्काल तटबन्धनको बाँकी काम पूरा गर्नुपर्ने, बबई सिँचाइ आयोजना ३ वर्षभित्र पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ–तेलपानी–सुर्खेत सडक खण्ड निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरू गर्नु पर्ने माग उनले अघि सारेका छन् ।
साथै गुलरिया मूर्तिया नाका तुरून्त सुचारू गर्नुपर्ने, मध्यवर्ती क्षेत्रका बासिन्दालाई निःशुल्क बीमा व्यवस्था गरिनुपर्ने, बाढीपीडितलाई भूकम्पपीडित सरह राहत दिने व्यवस्था लागू गरिनुपर्ने, कपास विकास समिति विघटन गरी किसानहरूलाई मोही सरह हैसियत दिनुपर्ने, सत्तिघाट पुलमा आवश्यकताअनुसार स्पान थप गर्नुपर्ने माग पनि उनले गरेका छन् । १५ बुँदे माग राखेर अनशन बसिरहँदा संघीय सरकारमा उनको पार्टीका नेता अर्थमन्त्री र प्रदेशमा उनकै पार्टीको नेतृत्वमा सरकार छ ।

Previous articleनक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको मुख्यमन्त्री चौधरीको स्पष्टोक्ति
Next articleटोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here