नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको मुख्यमन्त्री चौधरीको स्पष्टोक्ति

File Photo

दाङ, ३० बैशाख ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन् । आफ्नो नाम विभिन्न सञ्चार माध्यममा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
नेपाल प्रेस युनियन दाङको साधारणसभा एवं आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सो प्रकरणमा आफू कहीँ कतै पनि नजोडिएको स्पष्ट पारे । सञ्चार माध्यमलाई सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन गर्न उनले आग्रह गरे ।
मिडियालाई बलियो बनाउनका लागि प्रदेश सरकारले पत्रकार र सञ्चार गृहका लागि विशेष योजना बनाएको उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले लोकतान्त्रिक आन्दोलनको जगबाट अहिलेको व्यवस्था स्थापनाका लागि नेपाली सञ्चारकर्मीले खेलेको भूमिकालाई राजनीतिक दलले बिर्सन नहुने बताए । पछिल्ला दिनमा सार्वजनिक भइरहेका घटनाक्रमकै कारण लोकतन्त्र कमजोर हुन्छ कि भन्नु गलत रहेको उनको भनाइ थियो ।

Previous articleबर्दियाका बरघर-मटावाँको क्षमता अभिबृद्धि तालिम जयनगरमा सुरु
Next articleभत्केको पुल मुनी अनसनमा किन बसे सांसद गौतम ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here