झुठो समाचार तयार गरि चरित्र हत्या गर्ने काम भयो : मुख्यमन्त्री चौधरी

बाँके, ३० बैशाख, २०८० ।


लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भुटानी शरणार्थीको विषयलाई लिएर विभिन्न संचार माध्यममा प्रकाशन भएको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री चौधरीले भुटानी शरणार्थीको विषयमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् ।
उनले प्रकाशित, प्रसारित समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै उक्त प्रकरणमा आफू अनविज्ञ भएको स्पष्ट पारेका छन् । ‘आम नागरिकलाई भ्रमित पार्ने उद्देश्यले झुठो समाचार तयार गरि चरित्र हत्या गर्ने काम भएको छ । यस प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘दिग्भ्रमित पार्ने समाचारको विश्वास नगर्न आग्रह गर्दछु ।’
उनले उक्त समाचार प्रमाणित गरेर देखाउन चुनौती समेत दिएका छन् । उनले जिम्मेवार र प्रतिष्ठित मिडियाहरुबाट पुष्टि बिनाका समाचार सार्वजनिक गरिनु पत्रकारिताको आचारसंहिता र इथिक्स विपरितको कार्य भएको बताएका छन् । ‘प्रकाशन भएका समाचार ब्यक्तिगत प्रतिशोध साँधेर चरित्र हत्या गर्ने उद्देश्य बाहेक अरु केहि हुन सक्दैन भन्ने प्रकाशित समाचारमा प्रष्ट देख्न सकिन्छ,’ उनले भनेका छन् ।
उनले भुटानी शरणार्थीका नाममा अमेरिका पठाउन रकम लिएर फरार भएको भनिएका ब्यक्तिसँग कुराकानी र भेटघाट नभएको उनले जिकिर गरेका छन् । गलत, कपोकल्पित समाचार प्रकाशन र प्रसारण गरेर दीग्भ्रमित नपार्न र ब्यक्तिगत चरित्रमाथि आघात नपुर्याउन समेत उनले आग्रह समेत गरेका छन् ।

Previous articleथारु राजा दंगीशरण सुकौराकोटको पवित्रता : थुम्को बनाउन भूइँह्यार थानको माटो प्रयोग
Next articleबर्दियाका बरघर-मटावाँको क्षमता अभिबृद्धि तालिम जयनगरमा सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here