२६ थान सालको अवैध काठ बरामद

बाँके, २९ बैशाख, २०८० ।


नरैनापुर गाउँपालिकाबाट नेपालगन्जतर्फ ल्याउँदै गरेको २६ थान सालको अवैध काठ सशस्त्र प्रहरीले बरामद गरेको छ । नरैनापुर गाउँपालिका ४ बाट नेपालगन्ज तर्फ आउँदै गरेको भे.१ त.६८०६ नम्बरको ट्रयाक्टरभित्र लुकाएर नेपालगन्जतर्फ ल्याउँदै गर्दा २६ थान सालको चिरान (फ्रेम) सहित काठ बोकेको ट्रयाक्टर सशस्त्र प्रहरी बल गङ्गापुरले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खानतलाशी गर्दा नरैनापुर ४ बस्ने छोट्टन खाँको गहुँ लोड गरिएको ट्याक्टरभित्र लुकाएर नेपालगन्जतर्फ ल्याउने क्रममा नरैनापुर गाउँपालिका ६ जमुनीबाट अवैध काठ बरामद भएको सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण थापाले बताए । उनले अवैध काठ ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा काठ बरामद भएको बताए ।
बरामद भएको काठ र ट्रयाक्टरलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको उनले जानकारी दिए ।

ट्रयाक्टरमा रहेको गहुँ नेपालगन्ज भन्सार कार्यालयमा बुझाउने उनले बताए ।

Previous articleराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बबाल
Next articleबाँके प्रहरी प्रवक्ता डिएसपी घर्तीमगर एसपीमा बढुवा सिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here