पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेर बजेट, नीति तथा कार्यक्रम बन्दैछ : मुख्यमन्त्री चौधरी

File Photo

बाँके, २८ बैशाख, २०८० ।


लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पर्यटकीय क्षेत्रको विकास, सम्बर्धन र बिस्तार प्रदेश सरकारले उच्च प्राथमिकतामा रहेको बताएका छन् । आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रले प्राथमिकता पाउने मुख्यमन्त्री चौधरीले बताए ।
बैजनाथ गाउँपालिका १ स्थित पर्यटकीय क्षेत्र गाभर भ्यालीको स्थलगत भ्रमणका क्रममा उनले प्रदेश सरकारले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिएको बताए । ‘पर्यटकलाई भित्र्याउन सक्ने हा भने विदेशी मुद्रा आर्जन हुन्छ । यसले देशको अर्थतन्त्रमा टेवा पुर्याउँछ नै स्थानीयस्तरमा रोजगार सिर्जना भई गरिवी निवारणमा टेवा पुर्याउँछ,’ उनले भने ।
प्रतिनिधीसभा सांसद तथा नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरसहित गाभर भ्याली पुगेका मुख्यमन्त्री चौधरीले प्रदेश योजना तथा नीति आयोग र प्रदेशका विभिन्न मन्त्रालय अन्तर्गतका कार्यालय प्रमुखलाई गाभर भ्यालीमा थप लगानी गरी यसलाई प्रदेशकै प्रमुख गन्तव्यको रुपमा अघि बढाउन निर्देशन दिए ।
मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेशको प्रवेशद्वारमा रहेको गाभरको पर्यटकीय विकासका लागि होमस्टेसँगै यस क्षेत्रमा वस्ती ब्यवस्थापन, सडक निर्माण तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्न योजनावद्ध तरिकाले तयारी गर्न मातहतका निकायलाई निर्देशन दिए ।
मुख्यमन्त्री चौधरीले गाभरको पर्यटकीय विकासका लागि चासो दिदैं स्थलगत अनूगमन गरेपछि आगामी आवको बार्षिक बजेटमा गाभरबासीका माग सम्बोधन हुने गाभर भ्याली होमस्टेका परिकल्पनाकार कृष्ण चौधरीले बताए ।
गाभर भ्याली होमस्टे थारु परिकार, हाइकि र जङ्गल सफारीका लागि परिचित छ ।

Previous articleनक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
Next articleपछ्ला प्रगन्नाको ब्यथा : रकम नपाउँदा १४ वर्षदेखि पूजा बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here