सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमा सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

 अकुत सम्पत्ति आर्जन गरेको भन्दै सिंहविरुद्ध सोमबार आयोगमा भ्रष्टाचारको मुद्दा दर्ता भएको हो । विकास ठाकुरले सोमबार उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेका हुन् ।

 कुनै पेसा व्यवसायमा संलग्न नरहेका सिंहले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा गरेको खर्च र विलासी जीवनशैलीसहितलाई आधार मानेर ठाकुरले आयोगमा उजुरी दिएका हुन् ।

२०६३ सालबाट राजनीतिमा उदाएका सिंहको आर्थिक फड्को नै भ्रष्टाचारको कारण रहेको निवेदनमा ठाकुरले दाबी गरेका छन् ।

Previous articleकुमारी बैंकले दियो वीमा बापत १० लाख रुपैँया
Next articleसुकौराकोटको विकास प्राधिकरण मार्फत अगाडी बढाउँछौँ : मुख्यमन्त्री चौधरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here