कुमारी बैंकले दियो वीमा बापत १० लाख रुपैँया

बाँके, २४ बैशाख ।


कुमारी बैंक लिमिटेडले सडक दुर्घटनामा मृत्यु भएका परिवारलाई १० लाख रुपैँया प्रदान गरेको छ । परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताबाहक परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम प्रदान गरेको बैँकले जनाएको छ ।
कुमारी बैंक लिमिटेड नेपालगञ्ज शाखामा परिवार सुरक्षा बचत खाता खोलेका लोकेन्द्र भण्डारीको परिवारलाई वीमा बापतको रकम प्रदान गरिएको हो । उनको तीन महिना अघि सडक दुर्घटनामा मृत्यू भएको थियो ।
बैँकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत मृतकको पत्नी हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । कुमारी परिवार सुरक्षा बचत खाता खोल्दा खाताबाहकले कम्तीमा १० हजार रुपैँया बचत राख्नु पर्छ ।
यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैँयासम्मको बीमा सुविधा प्राप्त गर्न सक्छन् । सो खातामा दुर्घटना मृत्यू, चिकित्सा उपचार र गम्भीर रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ । कुमारी बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाकालागि परिवार सुरक्षा बचत खाता योजना मार्फत वीमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको बैँकले दावी गरेको छ ।

Previous articleनेपालगन्ज नाकाबाट घट्यो बैधानिक आयात, अनि घट्यो राजस्व
Next articleसांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here