खुल्यो नाका

बाँके, २१ बैशाख, २०८० ।


नेपाल–भारत सीमानाका जमुनाह आज बेलुका ६ बजेबाट संचालनमा आएको छ । भारतको बहराइच, श्रावस्ती लगायतका जिल्लामा भएको गाउँ पञ्चायत निर्वाचनलाई मध्यनजर गरि बन्द गरिएको नेपाल–भारत सीमानाका जमुनाह आज बेलुका ६ बजेदेखि सञ्चालनमा आएको हो ।
निर्वाचन सकिएपछि नाका संचालनमा आएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी सहायक निरीक्षक (असई) कुलबहादुर विकले जानकारी दिए । उनले नेपाल–भारत सुरक्षा अधिकारीको सहमतिमा नाकामा आउजाउ गर्न दिएको बताए ।
भारतमा हुने गाउँ पञ्चायत निर्वाचनलाई मध्यनजर गरि १९ बैशाख मध्यरात १२ बजेदेखि जमुनाह नाका बन्द गरिएको थियो । अहिले सर्वसाधारणलाई आउजाउ गर्न दिएको उनले बताए ।

Previous articleस्वदेशी उत्पादनलाई बढावा दिने नीति तथा कार्यक्रम ल्याउन लुम्बिनीका मुख्यमन्त्रीको आग्रह
Next articleसहरी गरिबी निवारणका सूत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here