जनप्रिय स्कुलका विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धि सचेतना

दाङ, १९ बैशाख, २०८० ।


सडक दुर्घटना न्यूनिकरणमा टेवा पुर्याउन विद्यार्थीलाई ट्राफिक सम्बन्धि अभिमूखिकरण गरिएको छ । इलाका ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धि अभिमूखिकरण गरिएको हो ।
विद्यार्थीलाई बढ्दो सडक दुर्घटना र न्यूनिकरणका विषयमा श्रव्य तथा दृश्य माध्यमबाट जानकारी दिइको इलाका ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज तीर्थ भुषालले जानकारी दिए । अभिमूखिकरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका २ बालापुरस्थित जनप्रिय इङ्लिस स्कुलमा अध्ययनरत कक्षा ६–१० सम्मका झण्डै एक सय ९० जना विद्यार्थी सहभागी रहेको शिक्षक अंकित आचार्यले जानकारी दिए ।
विद्यार्थीलाई तुलसीपुर–बागर सडक खण्डका ट्राफिक प्रहरी इन्चार्ज डिल्लीराज आचार्यले समेत ट्राफिक नियम र सडक दुर्घटनाबाट जोगिने उपायको बारेमा जानकारी दिएका थिए ।
विद्यालयका प्राचार्य प्रकाशकुमार शर्माले विद्यार्थीलाई ट्राफिक नियम तथा सडक दुर्घटनाबाट जोगिने उपायको बारेमा सीप सिकाउने प्रशिक्षक ट्राफिक प्रहरीद्वय तीर्थ भुषाल र डिल्लीराज आचार्यलाई खादा ओढाएर सम्मान समेत गरेका थिए ।
ट्राफिक नियमको बारेमा जानकारी नहुँदा आफूहरु सडक दुर्घटनाको उच्च जोखिममा रहेको बताउँदै विद्यार्थीले आगामी दिनमा पनि सचेतनामुलक कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।

Previous articleलुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत
Next articleसीमा क्षेत्रको अनुगमनका लागि लुम्बिनीमा खटिए एआइजी टेकबहादुर तामाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here