बाँके, १७ बैशाख, २०८० ।
प्रेस चौतारी नेपाल बाँकेको १५ औँ साधारण सभाले ११ बुँदे नेपालगञ्ज घोषणा पत्र जारी गरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता एवम् महासचिव हिरामान लामाको विशेष आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपाल क्रियाशील पत्रकारको संस्था भएको बताउँदै श्रम नगर्ने पत्रकार प्रेस चौतारीको सदस्य हुन नसक्ने बताए ।
उनले पत्रकार सुद्धिकरणका लागि आवाज उठाउन पहिलो संस्था प्रेस चौतारी भएको बताउँदै जनताको जनजीविकाको आवाज बुलन्द गर्ने कार्यमा प्रेस चौतारीले अग्रणी भूमिका खेल्दै आएको दावी गरे ।
सो अवसरमा प्रेस चौतारीका महासचिव हिरामान लामाले प्रेस चौतारीमा आवद्ध पत्रकार अनुशासित र चरित्रवान हुनुपर्ने धारणा राखे । उनले देशमा संचालनमा रहेका राष्ट्रियस्तरका मिडिया हाउसमा काम गर्ने अधिकांश पत्रकार चौतारीका भएको बताउँदै अझ बढि लगनशिल भएर कलम चलाउन आग्रह गरे ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन, एमाले बाँके उपाध्यक्ष डिल्ली विसी, प्रचार विभाग प्रमुख सतिश निरौला, मोर्चा विभाग प्रमुख भिम ओली, चौतारीका केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज प्रदिप आचार्य, प्रदेश सह–ईन्चार्ज तथा केन्द्रीय सदस्यहरु रुद्र सुवेदी, टीका बस्नेत, प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सेना, महासचिव निरु गौतम, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, प्रेस युनियन बाँके अध्यक्ष अर्जुन ओली, प्रेस सेन्टर बाँके अध्यक्ष राजेश आचार्य, प्रगतिशिल पत्रकार संगठनका केन्द्रिय सदस्य तिलक गाउँले लगायतले साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।
साधारण सभाले पारित गरेको घोषणा पत्र
१) लोकतान्त्रिक आन्दोलन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अधिकारको आन्दोलनमा महत्त्वपूर्ण योगदान पु¥याउनुहुने ज्ञात अज्ञात सबै सहिदहरुप्रति साधारणसभा हार्दिक श्रद्धासुमन सहित सम्मान गर्दछ ।
२) प्रेस चौतारी नेपालको माग र दवावका आधारित, नेपाल पत्रकार महासंघले सदस्यता शुिद्धकरणका लागि जारी गरेको कार्यविधिलाई स्वागत गर्दै, यसको अक्षरसः कार्यान्वयनका लागि यो साधारण सभा आह्वान गर्दछ ।
३) आमसञ्चारको सम्मान विकास र संम्बर्धन हुनेगरि बाँकेका सबै स्थानीयतहका सरकारलाई जवाफदेही बन्न अनुरोध गर्दछ । प्रेस तथा आमसञ्चारसंग सम्बन्धित कानुन निर्माण गर्दा प्रेस चौतारीसंग समन्वय र सहकार्य गर्न आग्रह गर्दछ । साथै, प्रेस तथा सन्चारक्षेत्रका नाममा गरिएका लगानी पारदर्शी र विधिसम्मत गर्न यो सभा आह्वान गर्दछ ।
४) सञ्चारमाध्यम तथा सन्चारकर्मीहरुको संरक्षणका निमित्त नियमित लोककल्याणकारी विज्ञापनलाई समानुपातिक ढंगले वितरणका लागि आह्वान गर्दछ ।
५) पत्रकारहरुको छातासंगठन नेपाल पत्रकार महाँसघ र सम्बद्ध निकायहरूलाई श्रमजीवी पत्रकारहरुको हकहित र पेशागत सुरक्षाको ग्यारेन्टी हुनेगरी विशेष व्यवस्था मिलाउन यो सभा आह्वान गर्दछ ।
६) नेपाल पत्रकार महाँसघको सदस्यता वितरण एवम् स्थानान्तरणमा नियम विपरीत नगर्न, राजनीतिक आग्रह पुर्वाग्रह नराख्न पत्रकार महाँसघको ध्यानाकर्षण गराउदछौं । कथमकदाचित यो ध्यानाकर्षण विरुद्ध कुनै कार्य हुन गए प्रेस चौतारी बाँके शाखा प्रतिरोधमा उत्रन बाध्य हुनेछ ।
७). प्रेस चौतारी बाँकेको १५ औं साधारणसभामा प्रमुख आथित्यता गर्ने केन्द्रीय अध्यक्ष गणेश बस्नेत, महासचिव हिरामान लामा, सचिब प्रदिप आचार्य, प्रदेश महासचिव निरु गौतम, संगठनका केन्द्रीय सदस्यहरु लगायत सम्पूर्णमा साधारणसभा हार्दिक आभार ब्यक्त गर्दछ ।
८) साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने नेपालगञ्ज उद्योग बाणिज्य संघ प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष तथा प्रदेशका पदाधिकारी तथा सदस्यहरु लगायत सम्पूर्ण अग्रजहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै, साधारण सभाबाट सम्मानित हुनुहुने बरिस्ठ पत्रकारहरुमा यो सभा हार्दिक बधाई ज्ञापन गर्दछ ।
९) प्रेस तथा स्वतन्त्रता विरुद्ध धावाबोल्ने, वाक तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सामन्तवादी व्यवस्थाको पृष्ठपोषका लागि नागरिक अभिनन्दनका बाहानामा भईरहेको राजनीतिक हर्कत बन्द गर्न साधारण सभा आह्वान गर्दछ ।
१०) पत्रकारमाथी भईरहेका धाकधम्की, आक्रमण, पत्रकार महिलामाथि हुने गरेका हतोत्साहिपुर्ण ब्यबहार बन्द गर्न आह्वान गर्दै पत्रकारको पेसागत तथा व्यक्तिगत सुरक्षाको ग्यारेन्टी गर्न यो सभा जोडदार माग गर्दछ ।
११) क्षमातावान महिलाहरुलाइ सन्चारगृह, पेशागत संघ संगठन, पत्रकार महासंघ लगायतका स्थानहरूमा क्षमता अनुसारको उपयुक्त जिम्मेवारी प्रदान गर्न सम्पूर्ण संघसंगठनका अध्यक्ष तथा सम्पादक÷प्रकाशकहरुमा यो सभा आह्वान गर्दछ ।