बाँके, १७ बैशाख, २०८० ।
प्रेस चौतारी नेपाल बाँकेले अग्रज पत्रकारलाई सम्मान गरेको छ । नेपालगन्जमा आयोजित १५ औँ वार्षिक साधारण सभामा चौतारीले अग्रज पत्रकार तथा पत्रकारितामार्फत समाज परिवर्तनमा उल्लेख्य भूमिका निभाएका पत्रकारलाई सम्मान गरेको हो ।
चौतारीले अग्रज पत्रकार गणेश जिसी, लियाकत अलि, पूर्णलाल चुके, झलक गैरे, सिर्जना आचार्य, अजय गुप्ता, बब्लु खान र गुरुमुरत (जिएम) यादवलाई दोसल्ला र कदर पत्रले सम्मान गरेको प्रेस चौतारी बाँके सचिव कमल डाँगीले जानकारी दिए ।

सम्मान ग्रहण गर्दै अग्रज पत्रकार पूर्णलाल चुके ।

सम्मान ग्रहण गर्दै अग्रज पत्रकार झलक गैरे ।

सम्मान ग्रहण गर्दै अग्रज पत्रकार अजय गुप्ता ।

सम्मान ग्रहण गर्दै बाँकेमा क्रियाशील पत्रकार गुरुमुरत (जिएम) यादव ।
