कर्णाली नदी संरक्षणको सवाल, भ्रम र यथार्थ

-जनेश भण्डारी


कर्णाली नदी तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको ‘माप्चोचोङ्गो’ नामको हिमनदीबाट निस्केर मानसरोवर ताल नजिकै रहेको रकोस सरोवर (जसलाई ‘राक्षस ताल’ पनि भनिन्छ) त्यहाँ मिसिन्छ । त्यसपछि नेपालमा प्रवेश गरी मुगु जिल्लामा यो ‘करन धखोला’ वा मुगु कर्णालीसँग मिसिन्छ । त्यसै कारण खोलाको नामबाट नै यो नदीको नाम कर्णाली नदी रहन गएको भन्ने भनाई छ ।
यो नदी बाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना हुँदै कालीकोट जिल्लामा पुग्दासम्म यसका धेरै सहायक नदी नालाले गर्दा यसले खोलाबाट नदीको रूप लिन्छ । मुगु जिल्लामा रहेको रारा तालको पानी यो नदीमा मिसिदैँ यसले विशाल रूप लिन्छ । त्यसैगरी हुम्ला र बाजुराको सिमानामा यो हुम्ला कर्णाली र बुढीगङ्गामा गएर मिसिन्छ । कालीकोटको लालीघाट भन्ने स्थानमा आएर यो नदीमा जुम्ला जिल्ला हुँदै आएको तिला नदी मिसिन्छ । यसैगरी अन्य दर्जनौ साना खोला नालाहरू साथमा लिएर यो नदी दैलेख र अछाम, सुर्खेत र कैलालीको सिमाना हुँदै अगाडि बढ्छ र अन्ततः भारतमा गएर मिसिन्छ ।
नेपालकै परिचय बनाउन सफल र निकै पुरानो ईतिहास बोकेको भावि पुस्ताहरुको लागि प्राकृति एक उपहार कर्णाली नदीमा ड्याम बनाउने विषयलाई सतही रुपमा हेर्दा कसैले मलाई बिकास बिरोधिको रुपमा लिँदै कुरा नबुझेर सामाजिक संजालमा गाली र टिप्पणी गरे । बिषयको गाम्भिर्यतालाई नबुझेर गरिएको टिप्पणीलाई मैले परिचय पाउँने अवसरको रुपमा लिएको छु ।
हामीले उठाएका बिषय कुनै एक आयोजना र कुनै निश्चित भूगोलसंग मात्र सरोकार राख्दैनन् । राज्यलाई नेपालका नदीहरुका बिषयमा स्पष्ट नीति बनाउनका लागि चालिएको कदम हो यो । आज बिश्वका धेरै मूलुकले लग्जरियस जिवनशैलीका लागि एक–दुई सय वर्ष अगाडिदेखि प्रकृति र जैबिक बिविधताको दोहोन गर्ने कार्यशैलीका कारण आजको पुस्ता पछुताइरहेको छ । बिश्व तापक्रम र जलबायू परिवर्तनको बिषय आज सबैको टाउँको दुखाईको बिषय बनेको छ ।
पश्चिमा मूलुकले पूर्वानुमान नै नगरि गरिएको कृतिम जीवनशैली उनीहरुको सपनाको मूख्य कारण हो । यसको अर्को उदाहरण भनेको बिश्वब्यापी रुपमा नदी र प्रकृति जोगाउने अभियानले तीब्र रुप लिएको छ । अर्को कुरा नेपालको जलविद्युतको सवाल हेर्दा आगामी आर्थिक वर्षदेखि नेपालमा निर्माणाधिन आयोजनाबाट उत्पादन हुने बिद्युत नेपाललाई चाहिनेभन्दा दुई गुणा धरै हुने देखिन्छ ।
जबसम्म नेपालले उत्पादित उर्जालाई बजार व्यवस्थापनका लागि भारत, चीन र तेस्रो मूलुक बङ्गलादेशमा बेच्ने भरपर्दो त्रिदेशिय सम्झौता हुँदैन, तबसम्म नेपाललाई चाहिने भन्दा बढि बिद्युत निकाल्ने र डिपिआरमा खर्च गर्ने बिषय राज्यलाई आर्थिक व्यायभार थपिने बाहेक अरु हुन सक्दैन । र यसले निश्चित समुहलाई बाहेक तपाईं, हामी र मूलुकलाई फाईदाभन्दा घाटा बढि छ ।
नेपाली समाज जबसम्म आर्थिक रुपमा सशक्त र बलियो हुँदैन, तबसम्म बस्तुको गुणस्तरलाई भन्दा परिमाणलाई ध्यान दिन्छ । राम्रो बस्तुको खोजि होइन कम पैँसामा धेरै आउने सामानतर्फ ध्यान केन्द्रित गर्दछ । जसरी आज कृषिमा अर्गानिक तरकारी खाल्डोमा हालिन्छ र भारतिय बिषालु तरकारीले नेपाली बजारमा पकड जमाएको अवस्था छ । करोडौँ र अरवौँ खर्च गरेर निकालिएको हाइड्रो इनर्जिको सस्तो र सुलभ बिकल्प अवको एक सय वर्ष अगावै आउने पक्का छ । त्यतिबेला नेपालका ठूला लगानीका आयोजनामा खिया लाग्ने बिषयमा सचेत हुन जरुरी छ ।
प्राकृतिक सिद्धान्त र बिश्व मानव अधिकारको सिद्धान्त अनुसार पनि जन्मेकै स्थान र उसले आफूलाई अनुकुल बनाएको स्थानमा बाच्न पाउनु पर्छ । नदी दोहनको कारण बिश्वका शक्तिशाली राष्ट्रहरुले धेरै पाठ सिकाएको पाइन्छ । आफ्नो राष्टको मुल नीतिमै सेफ रिबर्स नो ड्याम अभियनकै रुपमा चलाएको देखिन्छ । यसको एक उदाहरणको लागि JESSIE THOMAS–BLATE | FEBRUARY 18, 2021 4f/f 69 DAMS REMOVED IN 2020 Nothing restores a river like removing a dam लाई लिन सकिन्छ ।
कर्णाली नदीलाई विश्व सम्पदामा सूचीकृत गर्न सकिन्छ । कर्णाली किन जोगाउने आजको आवश्यकता हो । नदी बेचेर हैन, नदीको सदुपयोग गरेर राष्ट्रलाई समृद्ध बनाउने सोंच, त्यस अनुरूप दूरगामी नदी नीति बनाउनु पर्ने सोंचको आवश्यकता छ । हाम्रा तीन मुख्य नदी प्रणाली (कर्णाली, गण्डकी र कोसी) मा थोरैमा एक संरक्षित नदी हुनु पर्छ । र, हरेक प्रदेशमा एक संरक्षित नदी राख्न जरुरी छ । त्यति गर्दा पनी हामीसंग प्रयोग गर्न र बेच्न प्रशस्त बिजुली उत्पादन गर्ने क्षमता हुन्छ । थप ३३० दिन घाम लाग्ने देश र हिमाल बीच को घाँटी तथा नदीको घाँटी (River Gorge) मा हावाबाट पनी प्रशस्त ऊर्जा उत्पादन हुन सक्छ । यो गर्दा आजको विकराल समस्या जलवायु परिवर्तन र बढ्दो पृथ्वी तापक्रमको समस्यालाई हदैसम्म सम्बोधन पनि हुन सक्छ ।
हामी नदीको मामलामा कुबेर जस्तै धनी हो भने पृथ्वी र भविष्यको सन्ततिलाई यो उपहार साँचेर राख्न किन हिच्किचाउने, सबै प्रदेशमा एउटा–एउटा नदीलाई (free flowing rivers) का रुपमा राख्ने नीति ल्याउन आवश्यक छ । कर्णाली एक मात्र यस्तो नदी हो जून धर्मको आस्था कैलाश क्षेत्र (हिन्दू, बुद्धिस्ट, जैन, बोन, सिख) को माब्चाखबाबबाट उद्गम भई नेपाल देशमा निर्विवाद रूपमा बग्छ only free flowing river of Nepal र भारतको पवित्र नदी गंगामा सबैभन्दा ठूलो सहायक नदीको रूपमा मिसिन्छ । कर्णली संसारकै अति दुर्लभ नदीमा पर्छ । खस, भोटे, राउटे, मगर, थारु र सोनाह सभ्यता बोकेको नदी हो कर्णाली । यसको महत्व हामीले बुझन र बुझाउन सक्यो भने पूर्वको सगरमाथा, पश्चिमको अन्नपूर्ण, दक्षिणको लुम्बिनी मात्र नभई चाइनाको Great Wall भन्दा कम छैन । जसले हरेक वर्ष 10 million भन्दा बढी टुरिस्ट भित्र्याउँछ ।
कर्णाली प्रकृतिको वर्दान हो, संसारकै प्रकृति प्रेमी पर्यटकहरूको रमाउने थलोको रूपमा प्रस्तुत गर्न सकिन्छ । यो बुझ्न अति जरुरी छ । नदी पर्यटनको दृष्टिकोणले संसारको पाँच उत्कृष्ट नदीमा पनि पर्छ । यदि हाम्रो देश र देशवासीलाई प्राकृति सम्पदा नदी नमासे पनि समृद्धि ल्याउन सकिन्छ भने किन मास्ने र केका लागि मास्ने ? यो नदी प्राकृतिक दृष्टिकोणले सबै भन्दा सुन्दर र रमणीय, धार्मिक, सामाजिक, मानव सभ्यता र यसको भूगर्भ, जैविक विविधताको हिसाबले सबै भन्दा महत्वपूर्ण नदी हो ।
मूल कर्णाली (हुम्ला कर्णाली) बाहेक यसका साखा नदीहरुमा लगभग ६७०० मेगावाटको लाइसेन्स दिईसकेको अवस्था छ । मूललाई राखी तिनी सहायक नदीहरुमा hydro energy dam किन नबनाउने ? यदि बनाउनै परे सबै विकल्प प्रयोग गरेपछि पनि त बनाउन सकिन्छ होला नि ? एक चोटी बिगार्यौ भने त्यसलाईं सपार्न सय वर्षभन्दा बढी लाग्न सक्छ । त्यसको हेक्का हुन जरुरी छ कि छैन ? हाम्रो देश र जनतालाई हाम्रा नदीहरुमा हाइड्रो ड्यामको फ्याक्ट्री चाहिएको हो कि समृद्धि ? ६ हजार नदी – नाला, ८३ हजार मेगावाट उत्पादन क्षमता भएको देश, ती सबै नदीलाई हाम्रै पालामै मास्न जरुरी छ र ? आउने पुस्तालाई केही पनि नराख्ने हाम्रो देश र जनतालाई हाम्रा नदीहरुमा हाइड्रो ड्यामको फ्याक्ट्री चाहिएको हो कि समृद्धि ? अरु सयौँ विकल्प हुँदाहुँदै प्राकृतिक, धार्मिक, सांस्कृतिक, सामाजिक र जैविक, भौगोलिक तथा मानव सभ्यताकै हिसाबले धेरै ठुलो महत्व बोकेको नदी कर्णालीलाई मास्न जरुरी छ र ? राष्ट्रको लक्ष्य समृद्धि हो भने यसलाई न मासिकन पनि समृद्धि सम्भव छ, यो कुरा कसले बुझाउने ?

नेपालको जलविद्युत उत्पादनको अवस्था
नेपाल विद्युत प्राधिकरणका अनुसार हाल नेपालमा जडित विद्युत उत्पादन क्षमता २,१९० मेगावाट छ ।आन्तरिक बजारमा माग भने १,६०० देखि १,७०० मेगावाटको हाराहारीमा छ । त्यसमा प्राधिकरणको आफ्नै आयोजनाबाट ६५८ मेगावाट विद्युत् उत्पादन हुन्छ भने प्राधिकरणका सहायक कम्पनी तामाकोसी र चिलिमेबाट थप ४७८ मेगावाट उत्पादन हुँदै आएको छ । पाँच वर्षअघि प्राधिकरणले आफ्नै आयोजनामार्फत ५६१ मेगावाट अनि सहायक कम्पनीमार्फत २२.१ मेगावाट विद्युत् उत्पादन गर्ने गरेको तथ्याङ्कले देखाउँछ । प्राधिकरण र उसका सहायक कम्पनीहरूले २,५५० मेगावाट भन्दा केही बढी, लगानी बोर्डमार्फत सरकारले अघि बढाएका आयोजनाबाट ४,९५० मेगावाट र भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन) ले अघि बढाएको आयोजनामार्फत् २,०७९ मेगावाट विद्युत् भविष्यमा उत्पादन हुने हिसाब निकालिएको छ ।

विद्युत खपतको अवस्था
न्यून जीवनस्तर तथा उद्योग विकास नभएको नेपालमा अन्य मुलुकको तुलनामा हजारौं गुणा कम बिजुली खपत हुन्छ । मौसमी उत्पादनजस्तै खपत हुने भएकाले बढी उत्पादन हुँदा खेर जाने र कम उत्पादन हुँदा किन्नुपर्ने विडम्बना नेपालसामु विगतदेखि नै छ । अहिले नेपालमा एउटा मात्रै जलाशययुक्त आयोजना कुलेखानी छ ।
कुलेखानीबाट हिउँदमा होस् या वर्षायाममा उत्तिकै बिजुली उत्पादन हुन्छ । अन्य आयोजना मौसमीजस्तै हुन् । वर्षातमा नदीको बहाव बढेर बढी बिजुली उत्पादन हुने र सुख्खा याममा नदी सुक्दै गएर उत्पादन घट्ने । त्यसपछि भारतबाट किन्नुपर्ने । अहिले नेपालमा प्रतिव्यक्तिले एक वर्षमा कुल १४६ युनिट बिजुली प्रयोग गर्छ । विश्व बैंकको प्रतिवेदनअनुसार भारतमा ८०५ युनिट, चीनमा चार हजार युनिट, अमेरिकामा १३ हजार युनिट तथा क्यानडामा करिब १५ हजार युनिट प्रतिव्यक्तिले बिजुली प्रयोग गर्छन् ।
नेपालजस्तै अन्य साना मुलुकले पनि विद्युत बढी खपत गर्छन् । छिमेकी मुलुक भुटान र माल्दिभ्समा पनि प्रतिव्यक्ति वार्षिक दुई हजार युनिटभन्दा बढी खपत हुन्छ । प्रतिवर्ष दक्षिण एसियाकै औसत खपत करिब ६०० युनिट छ भने विश्वमा यो संख्या प्रतिवर्ष तीन हजार युनिट छ ।

हाम्रो आगामी पाँच वर्षको अवस्था कस्तो देखिन्छ ?
आगामी वर्षहरूमा नेपालमा जलविद्युत उत्पादन बढ्ने देखिएसँगै अबको केही वर्षमा विद्युतको लागि भारतमा निर्भरता क्रमिक रूपमा घट्ने प्राधिकरणले अनुमान गरेको छ ।
सन् २०२३ को जुलाईदेखि एक वर्षको अवधिमा नेपालले १,२९६ मेगावाट विद्युत् बेच्दा १५७.५ मेगावाट खरिद गरे पुग्ने छ । त्यसपछिको वर्षमा वर्षा याममा १८३१.६ मेगावाट विद्युत् निर्यात गर्दा १०३.१ मेगावाट आयात गर्नुपर्ने र सन् २०२५ को जुलाईदेखि एक वर्षको अवधिमा वर्षा याममा २,४५६.४ मेगावाट विद्युत् निर्यात गर्दैगर्दा आयात भने शून्यमा झर्ने प्रक्षेपण गरिएको छ ।
प्राधिकरणका अनुसार अबको तीन वर्षमा सुक्खा याममा समेत नेपाल विद्युतमा आत्मनिर्भर रहने आकलन गरिएको छ । हाम्रो देशलाई जलश्रोतमा संसारकै दोश्रो धनी देश भन्न रुचाउँछौ अथवा जल श्रोतमा आँफुलाई कुबेर ठान्छौँ तर, प्रकृति र भविष्यको सन्ततिलाई एउटा पनि उपहार दिन सक्दैनाँै हामी । हामी समृद्ध देशको अति गरीब मानसिकता ग्रस्त किन छाँै ? हामीमा कुबिकाश र सुबिकाश छुट्टयाऊने विवेक र क्षमता छैन किन ? नदी हाम्रो मानव सभ्यताको मूल, पृथ्वीको रक्त नली, हाम्रो धार्मिक आस्था एकपछि अर्कोलाई मास्दै गयौं भनी यो पृथ्वीमा मानव अस्तित्व सम्भव छ त ? मेरो बुझाईमा त यो तीन करोड जनता तथा राष्ट्रकै सम्पत्ति हो, राष्ट्रिय सम्पदा हो, भविष्यको सन्ततिको पनि सम्पत्ति हो । यदि हैन भने कसरी हैन ? हो भने यसमा राष्ट्रिय बहस हुन जरुरी छ कि छैन ? हाम्रो राष्ट्रको बिद्वान र वैज्ञानिक वर्ग राष्ट्रिय नेता, चेतनशील जनता र राष्ट्रकै चौथो अंग बिद्वान पत्रकार मित्रहरुको राष्ट्रको निम्ति दूरगामी सोंचलाई अघि बढाउन के ले छेकेको छ ? अरु देशले गरेका गल्तीबाट र उनीहरूले गरेको राम्रा कुराबाट सिक्दा के बिग्रिन्छ र ?
भारतमा लगअभिबच भलभचनथ को आगमन भइसकेको छ । nuclear energy को प्रयोग पनि व्यापक छ र Renewal Energy पनि उत्तिकै छ । बंगलादेशसंग बिजुली व्यापार सुरक्षित छैन, भारतले गरेको बिगतका नाकाबन्दीहरु हामीले बिर्सनू हुँदैन । आउने २० देखि ४० वर्षमा Hydro energy को विकल्प आउने प्रबल सम्भावनालाई नकार्न सकिन्न । तसर्थ नदी बेचेर, नदी मासेर हैन नदीको सदुपयोग गरेर राष्ट्रलाई समृद्ध बनाउने सोंच आउन अत्यन्त जरूरी छ ।
एक तथ्यांक अनुसार भविष्यमा ५७ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने सम्भाव्यता रहेको देखिन्छ । नेपालमा हाल १६४ वटा जलविद्युत प्रोजेक्टको स्थापित क्षमता १९०७ मेगावाट विद्युत रहेको छ । त्यस्तै निर्माणाधिन अवस्थामा रहेका १३८ वटा जलविद्युत प्रोजेक्टले ३५०६ मेगावाट विद्युत उत्पादन गर्ने भएका छन् । निमार्णको लागि तयार गरिएका ९९ वटा जलविद्युत प्रोजेक्टको १८५१ मेगावाट विद्युत उत्पादन गरेका छन् । भने, जलविद्युत अध्ययन अन्तर्गतका २०८ वटा जलविद्युत प्रोजेक्ट १६ हजार ५७४ मेगावाट विद्युत उत्पादन गर्ने भएका छन् ।
त्यस्तै निर्यात परियोजनाका २ वटा विद्युत प्रोजेक्ट १५७९ मेगावाट विद्युत उत्पाद गर्दै आइरहेका छन् । समृद्धि, समुन्नत, सुबिकास र स्वाभिमान कर्णाली प्रदेशको परिकल्पना हो भने कर्णाली नदीलाई मास्न हँदैन । कर्णाली नदीलाई साँघुर्याउनु हुँदैन । कर्णाली नदीलाई जीउँदो राख्नुको बिकल्प छैन ।कर्णाली नदीलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्नपर्छ । कर्णालीको मुहान तिब्बत (चीन) को माब्चाखबाबदेखि गंगासम्मको वैज्ञानिक अनुसन्धान भइसकेको छ । ICIMOD, KU, TU, PANI प्रोजेक्ट तथा WWF र संसारका धेरै वैज्ञानिक, समाजशास्त्री, पर्यटनविद सबै वैज्ञानिकहरुको अनुसन्धान रिपोर्टले पनि कर्णाली संसारकै एक अति दुर्लभ र among the most pristine River मध्य एक भनी ब्याख्या गरेका छन् । र, भनेका छन् यो विश्व सम्पदामा सूचीकृत गर्न लायक नदी हो । हिमालमा हिउँ चितुवा र कस्तुरी, तराईको जंगलमा पाटे बाघ, गैंडा, हात्ती संरक्षित छन् । नदीको बग्न पाउने अधिकार, सहर माछा, गोही र डल्फिनलाइ पनि बाँचन पाउने अधिकार हुने कि नहुने ? बेतान कर्णाली र अपर कर्णाली ड्याम बनेपछि यी सबै जलचर पनि मासिने छन् । प्रकृति र हाम्रा भविष्यको सन्ततीले पनि यो सँगै रमाउन पाउने अधिकार हुने की नहुने ? विकल्प–हाइड्रो एनर्जीको लागि अरु सयौँ नदी छन्, वर्षमा ३३० दिन घाम, ठूला नदीहरू र हिमाल पहाडको घाँटीहरुको वायु पनि छन् । यस्तो इतिहास र सम्भावना बोकेको कर्णाली नदी नै मास्ने किन ? जलवायु परिवर्तन हुँदै छ । पृथ्वीको तापक्रम बढ्दो छ । यो साँचो हो र हामी यसको असर भोग्न थाली सक्यौं ।
हाम्रा राष्ट्रप्रेमी वैज्ञानिक बिद्वान वर्गहरु र हाम्रा राष्ट्रिय नेताहरुलाई पनि राम्ररी थाहा छ, तिनीहरुको मुखमा र मस्तिष्कमा के को बुझो लागेको छ म आश्चर्यचकित छु । म सशंकित छु । यिनीहरुको मुखÞ र मस्तिष्कमा नोटको पो बुझो हो कि ? ठूलो ड्याम, ठूलो लगानी अनि ठूलो कमिसन ? देशको दूरगामी भविष्य अनि दिगो विकासको सिद्धान्त प्रतिको चिन्तन किन छैन ? नियमनकारी निकाय र सो संग सम्वन्धित व्यक्तिहरुबाट कर्णाली नदी मास्ने योजना सुन्दा म छक्क पर्छु ।
कर्णाली नदीको अति नै धेरै महत्व रहेको छ । कर्णालीको नदी बिना नेपाली पश्चिमी क्षेत्रको अस्तित्व नै समाप्त हुन्छ त्यसैले गर्दा कर्णाली नदीको महत्व र भावि पुस्ताहरुको लागि कत्तिको आवश्यक छ ? यो कुरा बुझ्न जरुरी छ । कर्णाली नदीको सही सदुपयोग गर्न सकेमा हामी धनी बन्न सक्दछौं यसको निस्वार्थ प्रयोगले मुद्रा तथा पँैसा साथसाथै आर्थिक उन्नती सम्भव हुने पक्का छ । त्यसैले यसो गरे कसो हुन्छ भन्ने लहैलहैले कर्णाली नदीको चरम दोहन हुन सक्ने खतराबाट परै बसौँ र सोचाँै ।
–लेखक भण्डारी विकास, निर्माणको सन्दर्भमा साझा एजेन्डा माथि कलम चलाउनुहुन्छ ।

Previous articleमहाआरतीमा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र नेपालगन्जमा : विमानमै पुगे राप्रपाका महामन्त्री डा. राणा (फोटो सहित)
Next articleनेपालगन्ज घोषणापत्र जारी गर्दै प्रेस चौतारी बाँकेको साधारणसभा सम्पन्न, घोषणापत्रमा के–के छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here