एउटै निर्वाचन क्षेत्रका एक मुख्यमन्त्री र अर्का बने मन्त्री

सपथ ग्रहण पछि निवर्तमान मुख्यमन्त्री लिला गिरीसँग मुख्यमन्त्री र मन्त्रीहरु सामुहिक तस्विर खिचाउँदै ।

बुटवल, १५ बैशाख, २०८० ।


दाङको एउटै निर्वाचन क्षेत्रबाट विजयी भएका दुई जना लुम्बिनी प्रदेशको मुख्यमन्त्री र मन्त्री भएका छन् । दाङ निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री र दाङ निर्वाचन क्षेत्र नं. ३ (२) बाट निर्वाचित माओवादी केन्द्रका धनबहादुर मास्की मन्त्री भएका हुन् ।
दुवैजनाले शुक्रवार सपथ लिएका छन् । मुख्यमन्त्री चौधरी र मन्त्री मास्के गत ४ मंसिरको निर्वाचनका क्रममा संयुक्त चुनावी प्रचार अभियानमा सँगसँगै एक अर्काका लागि भोट माग्न हिँडेका थिए । मन्त्रालयको विषयमा सरकारमा सहभागी दल वीच भागबन्डा नमिलेपछि मास्केसँगै थप दुई जनाले विना विभागीय मन्त्रीको सपथ लिए ।
प्रदेश प्रमुख अमिक शेरचनले बुटवलस्थित आफ्नो कार्यालयमा शुक्रबार दिउँसो मुख्यमन्त्री चौधरीलाई शपथ खुवाए लगत्तै शेरचनले थप तीन मन्त्रीलाई पनि सपथ खुवाएका थिए ।
सपथ लिनेमा रूपन्देही ३ (१) बाट विजयी लोकतान्त्रिक समाजवादीका सन्तोषकुमार पाण्डे र बर्दियाको २ (२) बाट विजयी नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी रहेका छन् ।

Previous articleचारपाते क्लवबाट उदाएका लुम्विनी प्रदेस मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको यस्तो छ संघर्षको कथा ?
Next articleमहाआरतीमा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र नेपालगन्जमा : विमानमै पुगे राप्रपाका महामन्त्री डा. राणा (फोटो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here