नेपालगन्जमा बन्ने भयो एथ्लेटिक्स सेन्थेटिक ट्रयाक : राखेप सदस्य सचिव घिसिङले गरे शिलान्यास (फोटो फिचर)

बाँके, १० बैशाख, २०८० ।


नेपालगन्ज रंगशालामा निर्माण हुन लागेको एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले आइतवार विहान शिलान्यास गरेका छन् ।
प्रतिक्षा निर्माण कम्पनीले ११ करोड ६४ लाख ६४ हजार लागतमा ट्रयाक निर्माण गर्ने लागेको छ । शिलान्यास कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले नेपालगन्ज रंगशालामा निर्माण हुन लागेको सेन्थेटिक ट्रयाकले पश्चिम नेपालको खेल विकास र खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । उनले नेपालगन्ज खेलकुदको उर्वर भूमि भएको बताउँदै यसले थप सहयोग पुग्ने धारणा राखे । ‘सेन्थेटिक ट्रयाकको अभावमा एथ्लेटिक्सका खेलाडीले अभ्यास खेल र प्रशिक्षण गर्न पाएका थिएनन् । ट्रयाक निर्माण भएपछि खेलाडी उत्पादनमा थप बल पुग्ने छ,’ उनले भने ।


तोकिएको समयमा निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेको बताउँदै उनले कम्पनीले निर्धारित समयमा काम नसके सम्झौता रद्द हुने स्पष्ट पारे । ‘सम्झौता बमोजिम समयमा काम सम्पन्न नभए म्याद थपिने छैन,’ उनले भने ।
निर्माण कम्पनीले १५ बैशाखदेखि निर्माणको काम थाल्ने जानकारी दिएको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । उनले ट्रयाक निर्माण भए एथ्लेटिक्सका खेलाडीलाई अभ्यासका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने जिकिर गरे ।


नेपालगन्ज रंगशालामा प्यारापिटसहितको अन्तर्राष्ट्रिय मापदण्डको पौडीपोखरी, बमुर्डा घाँसको फुटवल मैदान, अत्याधुनिक प्यारापिट, सुटिङ हल, भारोत्तोलन, भलिवल, ब्याड्मिन्टन कोर्ट, बास्केटवल लगायतका खेल संरचना रहेका छन् ।

Previous articleगाउँको नेतृत्व गर्ने सीप सिक्दै तुलसीपुरका मटावा–बरघर
Next articleकोहलपुरले सिकलसेल र थालेसेमियाका विरामीको स्वास्थ्य विमा गरिदिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here