राष्ट्रिय यूवा संघको अध्यक्षमा क्षितिज थेवे निर्वाचित

बाँके, ३० चैत ।


नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगन्जमा सम्पन्न महाधिवेशनले थेबेलाई अध्यक्ष चयन गरेको हो । यसअघि उनी संघको महासचिव थिए ।
महाधिवेशनले सात उपाध्यक्ष चयन गरेको छ । प्रमुख निर्वाचन अधिकृत ध्रुवप्रसाद बस्यालका अनुसार उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम सर्वसम्मत चयन भएका छन् ।
महासचिवमा सुमन पुरी चयन भएका छन् । पुरी यसअघि उपाध्यक्ष एवम् लुम्विनी प्रदेश इन्चाजए थिए ।
महेन्द्र गुरुङ र राजन थापाले उपमहासचिवको जिम्मेवारी पाएका छन् । भने, सचिवमा बिनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी र कुबेर अधिकारी चयन भएका छन् ।
त्यसैगरी कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख) को जिम्मेवारी राकेश राईले पाउँदा लेखा आयोगको प्रमुखमा सन्तोष चौलागाई, नानीराम तिवारी उपप्रमुख र सचिवमा प्रविण चयन भएको निर्वाचन आयोगले जनाएको छ ।
अनुशासन आयोगको प्रमुख, उपप्रमुख र सचिवमा क्रमश राकेश लामा, दिपेश खड्का र राजन नेपाली चयन भएका छन् । निर्वाचन आयोगको प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपाली चयन भएका छन् ।

Previous articleदंगीशरणमा जुङ्गाको लडाइँ : सिद्धपृथ्वी जनता माविका शिक्षकको खाता पालिकाद्वारा रोक्का
Next article१ बैशाखदेखि नरैनापुरमा बिद्यार्थी भर्ना अभियान सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here