कोरोना संक्रमणबाट एकको मृत्यू, पछिल्लो २४ घण्टामा १०६ जनामा संक्रमण

बाँके, २८ चैत, २०७९ ।

नेपालमा करिब तीन महिनापछि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत् ७८ वर्षीय वृद्धको संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
भेन्टिलेटरमा उपचाररत पुरुषको मृत्यू भएको अस्पतालका कोभिड संयोजक डा. उमेश बोगटीले जानकारी दिए । ‘अस्तिदेखि भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थियौं । आज बिहान पौने पाँच बजेतिर उहाँको मृत्यु भयो,’ उनले भने ।
ती वृद्ध गत चैत १९ गते अस्पताल भर्ना भएका थिए । भर्ना हुन आउँदै उनमा गम्भीर निमोनियाको समस्या देखिएपछि अस्पतालले सुरूदेखि नै आइसियूमा राखेर उपचार गरेको थियो । तर आइसियूमा पनि सुधार नभएपछि गत शनिबारदेखि भने उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
यो घटनासँगै नेपालमा तीन महिनापछि नेपालमा कोरोना संक्रमणबाट व्यक्तिको मृत्यु भएको छ । पछिल्लोपटक गत पुस २३ गते संक्रमणका कारण एक जनाले ज्यान गुमाएका थिए ।
पछिल्लो २४ घण्टामा एक सय ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय ६ जनामा संक्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् ।
मन्त्रालयले अझै केही दिनसम्म संक्रमण बढ्ने जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या चार सय ६९ पुगेको छ । काठमाडौं उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियू) मा र पाँचजना भेन्टिलेटरमा उपचाररत छन् । नेपालमा छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १.१६ देखा परेको छ ।

Previous articleराष्ट्रिय यूवा संघ बाघ जस्तै क्रियाशील संगठन हो : महेश बस्नेत
Next articleकोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन अस्पताललाई मन्त्रालयको निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here