लुम्बिनी पिस हाफ म्याराथनमा आर्मीका अधिकारी र प्रहरीका पछाईले जिते उपाधी

बाँके, २३ चैत ।


मदन भण्डारी स्पोर्टस् एकेडेमीले बिहीबार लुम्बिनीमा आयोजना गरेको ‘लुम्बिनी पिस हाफ म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्वलका दीपक अधिकारी प्रथम भएका छन् । र राजपुरा पछाईले प्रथम स्थान हासिल गरेका छन् ।
शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थल लुम्बिनीमा भएको २१ किलोमिटर हाफ म्याराथनमा अधिकारीले एक घण्टा ६ मिनेट दुई सेकेन्डमा दूरी पार गरे । उनले एक लाख ५० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।
अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा एकेडेमीले आयोजना गरेको महिलातर्फ २१ किलोमिटरको दूरी नेपाल प्रहरीकी राजपुरा पछाईले एक घण्टा २४ मिनेट दुई सेकेन्डमा पूरा गरेर उपाधि जितिन् । उनले एक लाख ५१ हजार रुपैयाँ नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरिन् ।
प्रतियोगितामा पुरुषतर्फ एपिएफका गोपीचन्द्र पारखी दोस्रो र आर्मीका मुकेश पाल तेस्रो भए । उनीहरूले क्रमशः एक घण्टा ६ मिनेट ४६ सेकेन्ड र एक घण्टा सात मिनेट १५ सेकेन्डमा दूरी पार गरे । यस्तै, त्रिभुवन आर्मीकै नरेन्द्र रावलले एक घण्टा सात मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान प्राप्त गरे ।
महिलातर्फ एपिएफकी विन्द्रा धान्के श्रेष्ठले दोेस्रो, नेपाल प्रहरीकी रेखा विष्ट तेस्रो र आर्मीकी पूर्णलक्ष्मी चौथो भइन् । उनीहरूले क्रमशः एक घण्टा २६ मिनेट सात सेकेन्ड, एक घण्टा २६ मिनेट ११ सेकेन्ड र १ घण्टा २८ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्न सफल भए ।
प्रतियोगितामा द्वितीय स्थान हासिल गर्ने दुवैतर्फका प्रतियोगीले ७५ हजार र तृतीयले ५० हजार र चौथो स्थान हासिल गर्ने ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फका पाँचौँ स्थान हासिल गर्नेले २० हजार, छैटौँले १० हजार, सातौँले सात हजार, आठौँले पाँच हजार र नवौँ तथा दशौँले तीन–तीन हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
लुम्बिनीमा रहेको शान्तिदीपमा अध्यक्ष ओलीले मसाल बालेर खेलाडीलाई हस्तान्तरण गरेपछि म्याराथन सुरु भएको थियो ।
मायादेवी प्रवेशद्वारबाट सुरु भएको म्याराथन लुम्बिनीको वरिपरि दुईपटक घुमेको थियो। प्रतियोगितामा देशभरका दुई हजार पाँच सय खेलाडी म्याराथनमा भाग लिएको मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

Previous articleगठबन्धनले देशलाई निकास दिन सक्दैन : गगन थापा
Next articleयुवा संघको महाधिवेशन ऐतिहासिक हुनेछ : इन्चार्ज सुमन पुरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here