अमर माविका विद्यार्थीलाई वित्तीय साक्षरता

दाङ, १४ चैत ।

हामी सवैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘प्लान योर मनी, प्लान्ट योर प्mयूचर’ भन्ने मूल नारा सहित सचेतनामूलक कार्यक्रम गरेकोछ । ‘ग्लोबल मनी सप्ताह–२०२३’ अन्तरगत युवालाई लक्षित गरि सोमवार तुलसीपुर उपमहानगरपालिका ११ उहरहीस्थित अमर माध्यमिक विद्यालयमा वित्तीय साक्षरता अभियान संचालन गरेको संस्थाका सृजन पौडेलले जानकारी दिए ।
शाखा कार्यालय उरहरीको आयोजनामा भएको कार्यक्रममा विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा संस्थाका सुपरिबेक्षण अधिकृत बुद्धिराम चौधरी र अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमवहादुर वली तथा शाखा प्रखुख कंडेलले विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिएका थिए । शाखा प्रमुख कंडेलले समापन गरेको कार्यक्रमको सञ्चालन एलिना थापा गरेकी थिइन् । भने, स्वागत मन्तव्य सम्झना चौधरीले गरेकी थिइन् ।
समापनमा विद्यालयका प्रधानाध्यापक वलीले ग्लोबल मनि सप्ताहको अवसरमा विद्यार्थीलाई वित्तीय साक्षरता दिएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रम अघि विद्यार्थीले ‘आजको आवश्यकता, युवालाई वित्तीय साक्षरता’, ‘आजको बचत, भोलिको सुरक्षा’, ‘सृमृद्ध भविष्यको लागि, बचत गरौं’, ‘कर्जा लिई, सदुपयोग गरौं’ जस्ता नारा लगाएका थिए ।

Previous articleबियर छोडेपछि घट्यो ६० किलो तौल, मृत्युको मुखमा पुगेर फर्केका बेन्डिक्स भन्छन्- त्यागिदिनुस् रक्सीको लत
Next articleअव भेरी अस्पतालमा एमडी/एमएसको पढाई, सेवा प्रवाह सहज हुने आशा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here