दंगीशरण १ बाँकीबेटारपुरस्थित आधारभूत विद्यालय ब्यवस्थापन समिति महिलामैत्री

दाङ, ११ चैत, २०७९ ।


दंगीशरण गाउँपालिका १ बाँकीबेटारपुरस्थित आधारभुत बिद्यालय ब्यवस्थापन समिति महिलामैत्री भएको छ । शनिवार भएको अभिभावक भेलाले ६ सदस्यीय विद्यालय ब्यवस्थापन समिति चयन गरेको हो ।
भेलाले अध्यक्षमा गोमा बस्नेतलाई चयन गरेको छ । त्यसैगरी सदस्यमा निर्मला डाँगी, शान्ति विष्ट, ममता बिष्ट, सीता परियार र सौँरी सुनार चयन भएको त्यहाँबाट विनोद केसीले जानकारी दिए । वडा अध्यक्ष रमेश भण्डारीको उपस्थितिमा भएको अभिभावक भेलाले महिलामैत्री विद्यालयका लागि महिलामात्र कार्यसमितिमा चयन गरेको उनले बताए ।

Previous articleलुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय
Next articleनेपालगन्ज नाकामा सोमवार दुई जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here