बागेश्वरी बहुमुखी क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी

बाँके, ६ चैत ।


कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा एमाले निकट अनेरास्ववियूको प्यानल विजयी भएको छ । कुल एक हजार एक सय ९२ मतदाता मध्ये नौँ सय ६० मत खसेको थियो ।
घोषित मत परिणाम अनुसार सभापतिमा अनेरास्ववियूका देवेन्द्र बुढा निर्वाचित भएका छन् । उनले चार सय ५४ मत ल्याउँदा उनका निकत्तम प्रतिद्वन्द्व नेपाल विद्यार्थी संघकी टीकाकुमारी शाहीले दुई सय ४० मत पाइन् ।
त्यसैगरी सचिवमा विजयी अनेरास्ववियूका महेन्द्र मल्लले तीन सय १४ मत पाए । उनका निकत्तम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका यूवराज विष्टले दुई सय ९९ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
कोषाध्यक्षमा अनेरास्ववियूका सुरेश चदाराले तीन सय १४ मत पाएर विजयी भए । उनका निकत्तम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका नवराज विकले दुई सय ८५ मत ल्याए ।
सदस्यमा अभिशा बोहरा, तिर्थकुमारी नकाल, तुलाराम भट्टराई, सिर्जना मल्ल विजयी भएका छन् । यसअघि पनि उक्त क्याम्पसमा अनेरास्ववियूले जितेको थियो ।

Previous articleजनशिद्धेश्वर क्याम्पसमा नेविसंघ–अखिल क्रान्तिकारी–नागरिक विद्यार्थी समाजको प्यानल विजयी
Next articleखोप लगाउन छुटेका बालबालिका खोज्दै डुडुवा गाउँपालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here