खोप लगाउन छुटेका बालबालिका खोज्दै डुडुवा गाउँपालिका

बाँके, ६ चैत, २०७९ ।


डुडुवा गाउँपालिकामा पूर्ण खोप सुनिश्चितताका लागि खोप लगाउन छुटेका बालबालिका खोज्ने भएको छ ।
गाउँपालिकाले रणनीतिक कार्ययोजना बनाएर यहि चैत मसान्तसम्म पालिकामा रहेका सम्पूर्ण घरधुरी सर्वेक्षण गरि खोप लगाउन छुटेका बालबालिकाका पत्ता लगाउन प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने र पहिचानबाट छुटे बालबालिकालाई खोप लगाउने कार्ययोजना तयार पारेर अगाडी बढेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहेका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।
पूर्ण खोप घोषणा भए पनि प्रत्येक वर्ष खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरि सबैलाई खोप लगाएपछि मात्र सुनिश्चिता गर्ने प्रक्रिया अगाडी बढ्ने उनले बताए । गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको पूर्ण खोप सुनिश्चितता र दिगोपना सम्वन्धी पालिकास्तरिय योजना तर्जुमा गोष्ठीमा उक्त योेजना तयार पारिएको उनले बताए ।
कार्यक्रममा वडाध्यक्षहरु मोहनराम मिश्र, आमोद तिवारी, झंकबहादुर थापा, स्वास्थ्य चौकी इन्चार्ज, तथा फोकलपर्सन लगायतको सहभागिता रहेको थियो ।

Previous articleबागेश्वरी बहुमुखी क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी
Next articleक्रिकेट खेलाडीलाई एक–एक लाख दिने लुम्विनी प्रदेशको घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here